सिरहाको सुखीपुर लगायत मिथिलाभर आज चैती छठ पर्व धुमधामका साथ मनाउदै चैती छठ पर्व धुमधामका साथ मनाइदै

  • प्रकाशित मितिः चैत्र 28, 2075
  • रोयाण्टर मण्डल
  • 255 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर लगायत मिथिलाभर आज चैती छठ पर्व धुमधामका साथ मनाइदैछ । हिजो खर्नाका दिन देखि छठको उपासना बसेका ब्रतालुहरुले आज साँझ अस्ताउदो सुर्यलाइ अर्घ दिएर छठी माताको पूजापाठ गर्नेछन् ।

घर नजीकैको नदी, तलाउ, पोखरी लगायतका पवित्र जलाशयमा ब्रतालुहरुले आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिनेछन । भोलि बिहान उदाउँदो सुर्यलाइ अर्घ दिएर पुजापाठ गरेपछि चैती छठ पर्ब विधिवत रुपमा समापन हुनेछ । श्रद्धा, भक्ति र सम्पूर्ण तराईवासीको साझा पर्वको रुपमा रहेको चैती छठ पर्व विधिवतरुपमा अस्ति मंगलवार देखि शुरु भएको हो ।

चैती छठ पर्बका लागि सुखीपुर नगरपालिका वडा नम्बर ८ का रहेको श्री रामजानकी पोखरी लगायत मिथिलाभर चैती छठ पर्व बनाउने गाउँहरुका जलाशयहरुमा छठीघाटको रुपमा सरसफाइ गर्नुका साथै सजावट पनि गरिएको छ ।
यसैबिच सुखीपुरमा रामजानकी पोखरीको छठ घाटमा आज साँझ करिब ५ हजार भक्तजन र ब्रतालुहरुले दर्शन र पुजापाठ गर्ने अपेक्षा रहेको चैती छठ महोत्सव समितिका अध्यक्ष महेश कुमार साहले बताउनुभयो ।

छठघाटमा आउने दर्शनार्थी र ब्रतालुहरुको व्यवस्थापन र सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी , निःशुल्क चिया, लस्सी र पानीको ब्यवस्था रहेको चैती छठ महोत्सव समितिका कोषाध्यक्ष सन्तराम मण्डलले बताउनु भयो ।

छठमा वर्त बसी सुर्य भगवान् र छठी माताको पुजा गरेमा पारीवारीक सुख,समृद्धि, पुत्र प्राप्ती र मनोकामना पुरा हुने धार्मीक विश्वास रहेको चैती छठ महोत्सव समिति सदस्य ओम प्रकाश गुप्ताले बताउनुभयो ।

चैती छठ महोत्सव समितिका समितिको अध्यक्षमा महेश कुमार साह, उपाध्यक्षमा रोशन चौधरी, कोषध्यक्षमा सन्तराम मण्डल, सचिबमा कृष्ण मोहन चौधरी, सदस्यहरुमा रोयाण्टर मण्डल, ओम प्रकाश गुप्ता, रत्नेश चौधरी र रुपेश कुमार महतो रहेको छ भने सल्लाहकार समितिमा हरिपति लाल कर्ण , धर्मनाथ मण्डल र डि.एन. यादब रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘सुखी नगर हाम्रो पहिचान, सुखी नगर सुखीको अभियान’

रोयाण्टर मण्डल, हरिपति लाल कर्ण , कृष्ण मोहन चौधरीसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको तेस्रो नगर सभा नगर प

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६