जनताको सपना हुलाकी सडक छोटो अबधीमा सम्पन्न हुने : मन्त्री विष्ट

  • प्रकाशित मितिः चैत्र 24, 2075
  • रोयाण्टर मण्डल
  • 311 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / हुलाकी सडकको काम द्रुत गतिमा भए रहेकोछ र छोटो अबधीमा हुलाकी सडक सम्पन्न हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनुभएको छ ।
सिरहाको सुखीपुरमा आईतवार देखि शुरु भएको दोस्रो सुखीपुर नगर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले हुलाकी सडक लामो समय देखि यो क्षेत्रका जनताहरुको एउटा सपना बनि रहेको छ । हुलाकी सडकको सपना लामो समय देखि जनताहरुले देखि रहनु भएको छ तर जनता जिवन पल्टीयो तर हुलाकी सडक सम्पनन् हुन सकेन् ।

आज कहि कतै जनतामा यस प्रकारको निराशा पनि उत्पनन् भईरहेको छ । अहिले हुलाकी सडकको काम द्रुत गतिमा भए रहेको छ । छोटो अबधीमा हुलाकी सडक सम्पन्न हुने र तराई अन्न उत्पादन गर्ने मुल ठाउँ हो यस ठाउँलाई कृषि क्षेत्रमा विकास गर्न सुनकोशी कमला डाइभर्सन आयोजना छोटो अबधिमा सम्पन्न गरीने छ ।


मन्त्री विष्टले सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि हरेक तहमा तिब्रताका साथ कार्यान्वयनमा जाने छ । इतिहासमै पहिलो पटक ३ तहको सरकारको अभ्यास भैरहेकाले स्थानीय तहलाई जोड दिदै सरकारले सामाजिक सुरक्षा कार्यक्रमबाट देशभरका श्रमजीवी बर्गलाई जोड्ने र देशलाई समृद्दी तर्फ लैजाने बताउनुभयो । उहाँले यहि अभियानका साथ प्रधानमन्त्री रोजगारका कार्यक्रम सरकारले अभियान सारेको छ ।

 

समाजिक सरक्षा योजना पनि शुरुवात भए सकेको छ । स्वास्थ्य विमा समेत शुरु भएको छ । सरकारी कर्मचारीलाई पेन्सनको सुविधा थियो तर अब निजी र अनौपचारीक क्षेत्रका आम श्रमिक जनतालाई समाजिक सुरक्षा ल्याएर सरकारले नयाँ युगाको शुरुवात गरेको छ उहाँले भन्नुभयो ।
उहाँले यहाँ औधोगिक बिकास गरि हजारौ युवालाई रोजगार दिन सकिने बताउनुभयो । कामगर्ने उमेरका युवा शक्तिले चाहे देश भित्र वा चाहे देश बाहिर निराशाका जिवन बाचन नपायोस् । एउटा हौशलाका साथ जिवन यापन गर्न पायोस ।


सुखीपुर नगरपालिकाको आयोजनामा आज आईतवारबाट सुखीपुर नगर महोत्सव शुरू भएको छ । सुखीपुर नगरपालिकाको स्थापना दिवसको अवसरमा यहाँको कला संस्कृती, साहित्य, भेष भुषा संरक्षण सम्द्धर्ण र सुखीपुरका गौरव र गरिमामय प्रस्तुति’ भन्ने मूल नाराकामहोत्सवको आयोजना गरेको छ ।


महोत्सव मूल आयोजक समितिका संयोजक सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादब अनुसार महोत्सवका अवधिमा कृषि, शिक्षा, कला, साहित्य, स्वास्थ्य लगायतका आकर्षण पक्ष रहने छन् भने सुखीपुर नगरपालिकाको स्थापना दिवसको खुशीको महोत्सव हो अब केही दिन पछि सुखीपुरका विकासको रहल आउने छ ।
चैत २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक स्थानीय , राष्ट्रिय र विदेशी कलाकारको उपस्थितिमा सांस्कृतिक र आर्ट कार्यक्रम गरिने छ ।

Image may contain: one or more people, crowd and outdoorImage may contain: 1 person, standing

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६