क्यानसरबाट मृत्यु भएका परिवारलाई नगरपालिकाद्वारा २१ हजार सहयोग क्यानसरबाट मृत्यु भएका परिवारलाई नगरपालिकाद्वारा २१ हजार सहयोग

  • प्रकाशित मितिः चैत्र 19, 2075
  • रोयाण्टर मण्डल
  • 367 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा । ‘ब्लड क्यान्सर’ रोगबाट मृत्यु भएका परिवारलाई सुखीपुर नगरपालिकाले २१ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
मृतक सरोज यादबको दिवगंत आत्माको चिरशान्तिका लागि संवेदना समेत नगरपालिका परिवारले व्यक्त गरेका छन् । नगरपालिका मेयर रामऔतार यादबले आर्थिक अभावका कारण समस्यामा परेका यादब परिवारहरुलाई सक्दो सहयोग गर्न नगरवासीलाई आग्रह गर्नुभयो ।


सुखीपुर नगरपालिका १ मोहनपुर बस्ने सरोज कुमार यादबको पत्नीलाई नगरपालिकाले २१ हजार सहयोग रकम दिएको हो । मृतक यादवका एक छोरा,तीन छोरी छन् ।
आज मंगलवार नगरपालिकाले सुखीपुर नगरपालिका वडा नम्बर १ का समाजसेवी घुरण प्रसाद यादबको हातबाट प्रदान गरिएको सुखीपुर नगरपालिकाका कम्प्युटर अपरेटर संजय कुमार यादबले जानकारी गराउनुभयो ।

त्यसैगरी, हिजो आइतवार अमेरिका मधेशी समाजका प्रतिनिधि बरियारपट्टी गाउँपालिका –५, जिझौलका सरोज यादवले एक लाख दश हजार नेपाली रुपैयाँ पीडित परिवारलाई सहयोग राशी प्रदान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘सुखी नगर हाम्रो पहिचान, सुखी नगर सुखीको अभियान’

रोयाण्टर मण्डल, हरिपति लाल कर्ण , कृष्ण मोहन चौधरीसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको तेस्रो नगर सभा नगर प

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६