अमेरिका मधेशी समाजद्वारा आर्थिक सहयाेग अमेरिका मधेशी समाजद्वारा अार्थिक सहयाेग

  • प्रकाशित मितिः चैत्र 18, 2075
  • 741 पटक पढिएको

लहान / ब्लड क्यान्सरबाट मृत्युु भएका सिरहा जिल्ला सुखिपुर नगरपालिका -१,माेहनपुरका सराेज यादवकाे परिवारलाई अार्थिक सहयाेग स्वरूप एक लाख दश हजार नेपाली रुपैयाँ प्रदान गरिएको छ।

सुखिपुर नगरपालिकाका मेयर रामअवतार यादवकाे प्रमूख अातिथ्यतामा र स्थानीय बुद्धिजीवी,समाजसेवीहरुकाे उपस्थितिमा आइतवार अमेरिका मधेशी समाजका प्रतिनिधि बरियारपट्टी गाउँपालिका-५,जिझाैलका सराेज यादवले पीडित परिवारलाई सहयाेग राशी प्रदान गरेका थिए।

ब्लड क्यान्सरबाट पीडित यादवकाे अार्थिक अभावकै कारण समयमै उपचार हुन नसकेका कारण गत बुधवार मृत्युु भएकाे थियाे।अार्थिक अवस्था कमजाेर भएका मृतक यादवका एक छाेरा,तीन छाेरी र श्रीमतीकाे दैनिक जीवन यापन असहज बन्दै गएकाेले अन्य संघ-संस्थासँग पीडित परिवारले सहयाेगका लागि अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६