सफा सुन्दर सुखीपुर बनाऔं भन्ने नाराका साथ बृहत सरसफाई कार्यक्रम सम्पन्न सफा सुन्दर सुखीपुर बनाऔं भन्ने नाराका साथ बृहत सरसफाई कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः चैत्र 1, 2075
  • रोयाण्टर मण्डल
  • 196 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र सफा सुन्दर सुखीपुर बनाऔं भन्ने नाराका साथ वडा नं. ८ भित्र रहेको नालामा थुपरेको फोहर, बजार क्षेत्र र गुद्री हाट सम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न भयो ।

सुखीपुर नगरपालिकाको नगर प्रमुख राम औतार यादव नालामा थुपरेको फोहर सफा गर्दै

सुखीपुर नगरपालिकाको नगर प्रमुख राम औतार यादबको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, संचारकर्मी, गैर सरकारी संघ संस्था, नगर सुधार समिति, अगुवा नागरिक , राजनीतिक संयन्त्र, नगरपालिकाको कर्मचारी र युवाहरु लगायत स्थानीयबासीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियोे ।

उक्त अभियान सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई अहिले आग्रह गर्ने पछि नटेरे सुखीपुर नगरपालिकाको नियमानसार कारवाही गरिने सुखीपुर नगरपालिकाको नगर प्रमुख राम औतार यादबले बताउनुभयो ।

कार्यक्रम उपस्थित सम्पूर्णलाई नगर प्रमुखले हार्दिक धन्यवाद व्यक्त गर्दै नमूना वडा बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६