सुखीपुर नगरपालिकाको जन्म दिनको उत्सवमा नगर महोत्सव सुखीपुर नगरपालिकाको जन्म दिनको उत्सवमा नगर महोत्सव

  • प्रकाशित मितिः फाल्गुन 30, 2075
  • रोयाण्टर मण्डल
  • 294 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / सुखीपुर नगरपालिकाको जन्म दिनको उत्सवको रुपमा चैत २३ गते २९ गते सम्म सुखीपुर नगर महोत्सव हुने भएको छ ।
सुखीपुर नगरपालिकाको आयोजनामा हुन लागेको सो महोत्सवमा विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, कला, साहित्य, उद्योग, व्यापार, पर्यटन, र भेष भुषा तथा अन्य क्षेत्रका वस्तु उत्पादन प्रवद्र्धन विशेषका रुपमा प्रवद्र्धन गर्न आयोजना गर्न लागिएको सुखीपुर नगरपालिका नगर प्रमुख राम औतार यादबले जानकारी दिए ।


सात दिनसम्म चल्ने उत्सवमा मिथिला चित्रकलाका कालाकार, मैथिली कलाकार, मुर्ती कलाकार , सांस्कृतिक नृत्य र भजन तथा लोपोन्मुख डोमकक्ष, झिझिया, थारु नाच, बहुभाषीक कवि गोष्ठी लगायतको कार्यक्रम हुने जानकारीमा आएको छ ।


महोत्सव मनाउन आज विहीवार श्री जनता माध्यमिक विद्यालय सुखीपुरको प्राङ्गनमा बसेको बैठकले सुखीपुर नगरपालिकाको नगर प्रमुख राम अवतार यादवको अध्यक्षतामा १ सय ५१ सदस्य मुल आयोजक समिति गठन गरिएको छ ।


तत्कालिन सरकारले २०७३ सालमा २ वर्ष नगर परिषद गरेको सुखीपुर नगरपालिकालाई सुखीपुर नगरपालिकालाई एकाशी गाउँपालिकामा परिवर्तन गरेपछि वीपी भुवन यादबको नेतृत्वमा गठित सुखीपुर नगरपालिका बचाउ सर्घष समितिले विभिन्न प्रकारको दबाबमुलक आन्दोलन र ६ दिन आमरण अनसनमा बसेपछि र दबाबमुलक आन्दोलनले सरकारले घुटना टेकी २०७३ चैत २८ गते बसेको मन्त्रि परिषदको बैठकबाट सुखीपुर गाउँपालिकाबाट परिवर्तनगरी पुन सुखीपुर नगरपालिका घोषणा भएको दिनलाई नगरपालिको जन्म दिनको उत्सवको रुपमा मनाउन नगर महोत्सव गर्दै आएक छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६