सुखीपुरमा समुदाय– प्रहरी साझेदारी कार्यक्रम श्री जनता माध्यमिक विद्यालय सुखीपुरमा सम्पन्न

  • प्रकाशित मितिः फाल्गुन 28, 2075
  • रोयाण्टर मण्डल
  • 107 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय– प्रहरी साझेदारी कार्यक्रम सुखीपुर नगरपालिका वडा नं ८ को श्री जनता माध्यमिक विद्यालय सुखीपुरमा सम्पन्न भएको छ ।

‘हर प्रहर, गाँउ र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ शुरु गरिएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ , ईलाका प्रहरी कार्यालय सुखीपुरबाट प्रहरी नायव निरिक्षक सिकिन्द्र साह, श्री जनता माध्यमिक विद्यालय सुखीपुर प्रधानाध्यापक सत्य नारायण यादब , शिक्षकशिक्षिकाहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ईलाका प्रहरी कार्यालय महेशपुर पतारीले बालबालिकाहरुमा लागूऔषध दुव्र्ययसनीको बारेमा सचेत गराएको थियो । सो अन्तर्गतको कार्यक्रममा बालयौन, बालश्रम, बालअपराध, बलात्कार, मावन बेचबिखन तथा बाल हिंसाको बारेमा ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले विद्याथीहरुलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रशिक्षण समेत गर्नुभएके निरीक्षक कृष्ण श्रेष्ठले समुदाय–प्रहरी साझेदारी कार्यक्रम विभिन्न संघ संस्थाहरु र विद्यालयसँग सहकार्य गरेर कार्यक्रम अगाडी बढाएको र सुखीपुर नगरपालिका अन्तगर्त श्री जनता उच्च माध्यमिक विद्यालय सुखीपुर, मोहनपुर, दहिपौडी र राम जानकी माध्यमिक ब्यवसायिक विद्यालय छजना तथा पतारीको अन्तर्गत रहेको कक्षा १२ सम्म पढाई हुने सम्पूर्ण माध्यमिक विद्यालयमा यस्तै कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई समाजमा हिंसा फैलाउने खालका कुनै पनि क्रियाकलापहरु कही कतै भएमा नजिकको प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरेका थिए । उनले नेपाल प्रहरी, स्थानीय तह, मिडिया र समुदायसँग समन्वय गरि यो अभियान अगाडी बढाईएको बताएका थिए ।

विद्यालयमा जनचेतनामूलक खालका कार्यक्रम हुनु गौरवको कुरा भएको श्री जनता माध्यमिक विद्यालय सुखीपुर प्रधानाध्यापक सत्य नारायण यादब बताउँदै ‘समुदायमा सकारात्मक काम गर्नेको लागि सम्मान र नराम्रो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनका लागि बर्दि लगाएका प्रहरीले मात्र नभई बर्दि नलगाएका प्रहरीले पनि सहयोग गनुपर्ने बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायव निरिक्षक सिकिन्द्र साहले वर्तमान स्थितिमा प्रहरी र विद्यार्थीहरुमा नजिकको सम्बन्ध स्थापित हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान

सराेज कुमार पासमान कर्जन्हा। सिरहाकाे कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सु

कमजोर वर्गको अधिकारबारे चर्चा

काठमाडौं । पिछड़ा वर्गका पूर्व का़वा अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व मह

अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो

मुकेश यादव लहान / अवैध रुपमा बलुवा गिट्टी उत्खनन गरेको ३ वटा टयाक्टर लाई जिल्ला समन्वय समितिले आर्थिक प्रभ

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६