जनमत संग्रह गरिने भन्ने झुठो हल्ला फिजाउदै सिके राउत जनमत संग्रह गरिने भन्ने झुठो हल्ला फिजाउदै सिके राउत

  • प्रकाशित मितिः फाल्गुन 26, 2075
  • 280 पटक पढिएको

दीपक कर्ण
जनकपुरधाम । पृथकतावादी आन्दोलन छाडेर मुलधारमा आएका स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा. सिके राउतले जनकपुरधाममा दादागीरी देखाएका छन् ।

शुक्रवार प्रधानमन्त्री केपी ओलीसंग सहमती गरेर मुलधारमा आएका सिके राउतले जनकपुरधाममा आएपछि पत्रकारहरुले अभिव्यक्ती माग्न खोज्दा संचारकर्मीहरुलाई धक्कामुक्की गर्दै दुव्यवहार गरेका हुन् ।

दिउँसो १२ वजे नै आउने भनेर प्रचार गरिएपनि राउत करिव सवा चारवजे तिर विमानस्थलमा अवतरण गरेका थिए । चारघण्टा सम्म कुरेर बसेका पत्रकारहरुलाइ कुनै पनि अभिव्यक्ति नदिने भन्दै राउतकै कथित सेक्युरिटीहरुले संचारकर्मीहरुलाई भिआईपी रुमबाट धक्कामुक्की गर्दै निकालेका थिए ।

सरकारसंग भएको सहमतीमा जनमत संग्रह गरिने भन्ने झुठो हल्ला फिजाएर जनतालाई भ्रमीत किन वनाएको भन्ने प्रश्न सोध्ने तरखरमा रहेका संचारकर्मीहरुको मनोभावना वुझेर नै अभिव्यक्ती दिनबाट अस्विकार गरेको हो ।

यति मात्र होइन सरकारसंग भएको सहमतीमा देश विखण्डन हुने किसीमको कुनैपनि नारा तथा पहिले प्रयोग गर्दै आएका झण्डा प्रयोग नगर्न सहमती गरिएपनि सो निर्णयको पालना गरिएको देखिएन ।

सिरहा र सप्तरीबाट मगाएका कार्यकर्ताहरुले मुलुक विरुद्ध कडा नारा लगाएका थिए भने स्वतन्त्र मधेशको झण्डा फहराउँदै शक्ति प्रर्दशन समेत गरेका थिए ।

सरकारसँग सम्झौता भएको दुई दिन नबित्दै गठबन्धनका कार्यकताहरु जनकपुरधाम विमानस्थललाई अघोषित रुपमा कब्जामा लिई आजाद मधेशको नारा लगाएका थिए । राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरु विमानस्थललाई चारै तर्फबाट घेरा हालेका थिए ।

निजि सुरक्षा गार्डका साथै विमानस्थलबाट निस्के लगत्तै सयौ कार्यकर्ताहरुसंगै राउतले जनकपुरधाम नगरको परिक्रमा समेत गरेका छन् ।

यता राउत र सरकार बिचको सम्झौताको विषयमा प्रतिक्रिया लिन विमानस्थल पुगेका पत्रकारहरुसंग उनका निजि सुरक्षा गार्डले दुव्र्यवहार समेत गरेका छन् ।

राउतसंग पत्रकारहरुले कुरा गर्न खोजेपछि गठबन्धनका कार्यकर्ताहरुले धकेलेका थिए । सहमती विपरित र देश विरुद्ध काम भइरहेको तथा संचारकर्मीहरुमाथि दुव्र्यवहार भइरहँदा पनि त्यँहा उपस्थित सुरक्षाकर्मीहरु मुकदर्शक बनेर बसेका थिए । (सभार–टुडे पाटी)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६