सिके राउत मूलधारमा आए राम्रो सीताराम अग्रहरी

  • प्रकाशित मितिः फाल्गुन 24, 2075
  • 128 पटक पढिएको

सीताराम अग्रहरी
सिके राउत मूलधारमा आए राम्रो कुरा हो।उनले जुन बाटो समातेका थिए कैयौं कोणबाट गलत थियो। मैले त व्यक्तिगत रुपमा जयकृष्ण गोइतलाई पनि तपाईँजस्तो मानिस मधेशलाई चाहिन्छ, अनुकूल परिस्थितमा फर्कौं देशभित्रै अधिकार खोजौं भनेको थिएँ, फारबिसगंजसंग पुगेको पनि थिएँ।यस अर्थमा मलाई त स्वर्गीय सद्भावना नेता श्यामलाल मिश्रकै अडान सही लाग्दछ। पंचायतकालमै पनि उनी भन्ने गर्दथे, देश नहीं तोड़ेंगे, अधिकार नहीं छोड़ेंगे। तर न उनको लिगेसी बोक्ने सद्भावना न राजपा, न उपेन्द्रवादीहरुले नत केन्द्रकै सरकारहरुले त्यस महान् जोद्हाप्रति कुनै समानजनक मूल्यांकन गर्न सके।


जहाँसम्म राउतको कुरा छ, उनको विद्वता र विश्लेषषणमा कुनै खोट छैन।विभेद, अन्याय र शासकीय सोच नै यो देशमा विद्रोहको मूल कारण रहीआएको छ।उनले त्यही बोलेका हुन।उनको बाटो जोखिमपूर्ण भएपनि भएपनि यथार्थपरक थिएन। मेरो व्यक्तिगत विचारमा  १. तमाम जालझेल, कपट र दमनकारी शासकीय नीतिका वावजुद आशाका किरण बाँकी छन्। यो देशको संविधान, कानून, नीति नियम , शासन प्रशासन,अड्डा अदालतभन्दा पनि देशका लम्पट वुद्धिजीवीहरुलेसमेत त्रिकाल संध्या गाली बकिरहने सर्वश्री खगेन्द्र संग्रोला, मलाई मधेशसहितको नेपाल चाहिन्छ भन्ने दमननाथ ढुंगाना, उपेक्षित नेपालीका पक्षमा लीक तोडेर लेख्न बोल्नसक्ने युग पाठक, उज्वल प्रसाईँ, बलराम तिम्लसिना जस्ता व्यक्तिहरुले आफ्नै बंधुहरुको गाली खाइ खाइ पनि उत्पीडित नेपालीहरुमा नेपाल सबैको साझा भूमि हो भनी विश्वास भर्ने कठिन काम गर्दे आइरहनुभएको छ।


२. मधेशका आफ्नै जातिय, भाषिक, धार्मिक, सामाजिक, क्षेत्रीय अन्तर्विरोधहरु छन्।
यसबाहेक राउतको शांतिको नीति उल्लेख्य थियो तर उनी मंडेला होइनन। बुद्धको आदर्श राम्रो थियो तर उनी बुद्ध होइनन, गांधीको पदचिन्ह पवित्र थियो तर उनी गांधी होइनन।उनकाबारे मानिसहरुले प्रश्न उठाएका छन्।तापनि उनले सहेको कष्ट र विप्लवी तर शांतिपूर्ण असहमतिलाई सकारात्मक रुपमै लिएँ।उनी असंतुष्ट नेपखली हुन ,उनीसंग सरकारले वार्ता गर्नुपर्छ। सीके राउत रोग होइनन, रोगका लक्षणमात्र हचन मूल कुरा विभेद हो।जेहोस, देशभित्र देश खोज्न आकोमा सीकेलाई स्वागत छ। यद्यपि उनको पूर्ण परीक्षण हुन बाँकी छ।भित्र भित्रै यी डेढ महिनामा ओली र दाहालसंग के के कुरा भए था छैन। तर उनले साँचो अर्थमा जनमत संग्रह गराउनसके स्वतंत्र मधेशबाट स्वतंत्र नेपालमा अवतरण हुँदा उनले गुमाउने साख केही अर्थमा बाँकी रहनेछ।उनी पछि हट्नु मधेश र मधेशीका लागि आघात पुग्नसक्छ भनी सोच्ने पनि होलान तर समग्र राष्ट्रको लागि सकारात्मक कुरा हो। तथापि मुख्य कुरा, ओली, प्रचण्ड र नेपाली राज्य सत्ता संचालन गर्नेहरुका एकल राष्ट्रवादी सोचमा मूलभूत अन्तर नल्याइ एउटा राउतलाई फकाएरमात्र यो राष्ट्रको वास्तविक एकीकरणको अध्याय पूरा हुनेछ भन्ठान्नु मूर्खता हुनेछ। मलाई यो प्रसंगमा कार्यपालिका र न्यायपालिकाबीचको घोलमेलबारे केही भन्नु छैन, तर यतिकै चासो र संवेदनशीलता राज्यसत्ताले पीडित थारुहरु सम्बंधमा किन देखाउन सकेनरुअदालत पनि दुईथरि देखियो यो प्रश्न त इतिहासले एक न दिन उठाउँछ ,उठाउँछ। (लेखक गोरखापत्र दैनिकका पुर्व प्रधान सम्पादक )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६