सिके राउत र सरकारबीच अचानक र अस्वभाविक सम्झौता सिके राउत र सरकारबीच अचानक र अस्वभाविक सम्झौता

  • प्रकाशित मितिः फाल्गुन 24, 2075
  • 298 पटक पढिएको

काठमाडौं / शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भयो । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतले आफू मुलधारको राजनीतिमा फर्किने उद्घोष गरेका छन् भने सरकारले उनको समूहलाई मुलधारको राजनीति गर्न कुनै किसिमको अवरोध नगर्ने प्रष्ट पारेको छ । साथै पक्राउ परेका राउतका सबै कार्यकर्ताहरुको रिहाई गर्ने पनि सरकारले बताएको छ । नेपालको राजनीतिमा अचानक र अस्वभाविक रुपमा भएको यो सम्झौतामा केही आंशकाका ठाउँहरु भने अझै जिवित छन् ।

प्रश्न नम्बर १ : के सिके राउत राजनीतिक दल खोलेर संविधानले राज्यभित्र व्यवस्था गरेका निर्वाचनमा सहभागी हुन्छन् ? वा उनले नेपालको अखण्डता र लोकतान्त्रिक प्रक्रियालाई स्वीकारेको अर्थमा ब्यापक रुपमा संगठन विस्तार गरी बलियो जनआधार बनाएर पहिलेकै एजेण्डामा फर्किने रणनीति बनाएका हुन् रु राजनीतिक सहमति नाम दिइएको कार्यक्रममा उनी आफैले पनि ‘जेलमा बसेर केही गर्न नसकिने, जे गर्ने हो त्यसका लागि स्वतन्त्रता ठूलो कुरा रहेको’ उल्लेख गरे । यदि उनले स्वतन्त्र भएर छद्म रुपमा आफ्नो योजना बलियो बनाउने रणनीति अंगिकार गरेको हो भने राज्यका लागि आजको दिन घातक युगको सुरुवात हुन सक्दैन र ?

प्रश्न नम्बर २स् सरकार र स्वतन्त्र मधेस गठबन्धनका बीच भएको सहमतिको बुँदा नम्बर २ मा ‘नेपालको संविधानमा प्रयुक्त जनतामा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ’ भनिएको छ । जसलाई सिके राउत स्वंयले जनमत संग्रह गर्ने सहमति भएको बताएका छन् । के सरकार र राउत समुहबची तराई नेपालमा रहने कि नरहने भन्नेमा जनमत संग्रह गर्ने सहमति भएको हो ? यसबारेमा दुबै पक्षबाट स्पष्ट कुरा आएन । किन घुमाउरो रुपमा असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक बिधीबाट समाधान गर्ने भनियो ?

प्रश्न नम्बर ३ : सिके राउतसँग भएको सहमतिपत्रको पहिलो बुँदामा ‘नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो’ उल्लेख छ । यो भनाईको समर्थनमा सिके राउतले पनि हस्ताक्षर गरेका छन् । तर मञ्चबाट सम्बोधन गर्ने क्रममा उनले किन नेपाल सार्वभौमसत्ता सम्पन्न मुलक रहेको र यसको अखण्डताको रक्षा गर्ने आफ्नो जिम्मेवारी भन्न सकेनन् ?

प्रश्न नम्बर ४ : ठूलै शक्तिसँग वार्ता गरेर नेपालको विखन्डनको नारालाई पूर्णरुपमा निस्तेज पार्न सफल भएको जसरी किन ठूलो कार्यक्रम गरेर राउतलाई महत्व दिइयो । किन कार्यक्रममा नेकपाका दुवै अध्यक्ष तथा प्रधानमन्त्री उपस्थित भए, दोश्रो तहका नेकपाका नेताहरुले किन असन्तुष्टि व्यक्त गरे ?

प्रश्न नम्बर ५ : सिके राउतको आधिकारिक फेसबुक पेज हेर्ने हो भने पनि उनीमाथि शंका गर्ने प्रसस्त आधार भेटिन्छ । २ दिनअघि फागुन २२ गते रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैद गरेको फैसलाप्रति आक्रोस ब्यक्त गर्दै स्वतन्त्र मधेसको वकालत गरेका छन् । उनले लेखेका छन्–‘जब जब किसि राज्यमें न्याय अन्धा होता है तो ईश तरहका फैसला आता है १ सभी मधेशियोंको सम्झना चाहिए स्वराज निर्विकल्प है १ जितनी देर होगा उतना ज्यादा क्षति है १ जय स्वराज’ ।

दुई दिन अघिसम्म स्वतन्त्र मधेस चाहने मान्छे के र कति कारणले रातारात नेपालको अखण्डता स्वीकार्ने अवस्थामा पुगे रु आजै उनले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटसमा जनमत संग्रहका लागि सरकार सहमत भएको र स्वतन्त्र मधेस गठबन्धनका सबै मुद्धा फिर्ता हुने उल्लेख गरेका छन् । उनले आफ्नो दलको मुद्धा फिर्ता हुने वा सरकारले लगाएको मुद्धा फिर्ता हुने स्पष्ट पारेका छैनन् ।

उनले आज लेखेका छन्– ‘नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेशको माग जनअभिमतमा आधारित लोकतान्त्रिक विधि ९जनमत संग्रह० को मार्फत पुरा गर्ने प्रतिवद्धता जनाएको छ । यसका साथै स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्ता माथि लागेका सबै मुद्धाहरु फिर्ता हुने भएको छ । साथै स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यलय विभिन्न जिल्लामा खोलेर खुल्ला रुपले राजनिति गर्ने भएको छ ।’

यसको अर्थ उनले अब आफ्नो गतिविधिलाई नरम रुपमा विभिन्न जिल्लामा कार्यालय खोलेर अगाडि बढाउने त भनेका हैनन् रु के उनले अब प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आफ्ना पूर्ववर्ती नारा, माग र गतिविधि त्यागेर संविधानको घेराभित्र बसेर दलीय राजनीति गर्छन त ? त्यो त समयले नै बताउला ।

सम्झौता ११ बुंदा

१. मुलुकको स्वाधीनतालाई स्विकार्ने।
२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने।
३. असन्तुष्टि समाधान गर्ने।
४. राउतको संगठनमाथि लागेका मुद्दा फिर्ता लिने।
५. राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने।
६. विखण्डनवादी क्रियाकलाप नियन्त्रण गर्ने।
७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने।
८. गत भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने।
९. घाइतेहरुको सरकारले उपचार गर्ने।
१०. राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने।
११. सहमति आजैबाट लागू हुने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६