रक्त अभाव बिना कोही नागरीक मर्नु नपोस् भन्दै गाउँपालिकाका अध्यक्ष रक्तदान गर्दै रक्त बिना कोही नागरीक मर्नु नपोस्

  • प्रकाशित मितिः फाल्गुन 23, 2075
  • रोयाण्टर मण्डल
  • 114 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / गाउँपालिकामा कोही पनि नागरिक रक्त अभाव बिना मर्नु नपोस् भन्दै सिरहाका एक गाउँपालिका अध्यक्षले समय समयमा रक्तदान गरि रहेको छ ।

सिरहाको बरियारपट्टी गाउपालिकाका अध्यक्ष संतोष कुमार महतोले जुनियर जुरेश, युरेश २०७५ अवसरमा श्री जनता माध्यमिक प्राविधक धार कृषि बाली विज्ञान विद्यालय बरियारपट्टीको आयोजनामा आयोजित कार्यक्रममा उहाँ रक्तदान गर्नुभएको छ ।

रक्त संचार सेवा केन्द्र लहानका प्राविधिकहरुको सहयोगमा संचालित रक्त संकलनमा २१ जनाले रक्तदान गर्नुभएको थियो । अध्यक्ष महतोले समय समयमा आवश्यकता परेको खण्डमा शिविर तथा रक्त संचार केन्द्रमै पुगेर रक्तदान गर्दै आउनुभएको रक्त संचार सेवा केन्द्र लहानका प्राविधिक प्रदिप कुमार यादब (मनिष) ले जानकारी गराउनुभयो ।

उक्त कार्यक्रमको अध्यक्षता श्री जनता माध्यमिक प्राविधक धार कृषि बाली विज्ञान विद्यालय बरियारपट्टीका प्रधानाध्यक बिरबल यादबले गर्नुभएको थियो भने गाउँपालिका प्रमुख संतोष कुमार महतोको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशिष्ठ अतिथी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिरहाका सभापति एवंम सोसाईटीका केन्द्रिय सदस्य राजदेव यादब रहेको रेडक्रसका स्रोत ब्यक्ति कृष्ण मोहन चौधरीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६