सात बर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने पक्राउ सात बर्षीया बालिकालाई बलात्कार

  • प्रकाशित मितिः फाल्गुन 23, 2075
  • 415 पटक पढिएको

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण

सुखीपुर (सिरहा), फागुन । सात बर्षिया बालिकालाई बलात्कारको प्रयास गर्ने एक युवकलाई सुखीपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुखीपुर नगरपालिका वडा नम्बर ८ का २० बर्षीय संजय साह तेली रहेका छन् । ईलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायव निरिक्षक सिकिन्द्र साहका अनुसार, तेलीले आज १ बजे दिउसो सोही ठाउ बस्ने एक सात बर्षिया बालिकालाई बलात्कार गर्ने प्रयास गरेका थिए ।

बालिकाकी अभिभावकले ईलाका प्रहरी कार्यालय सुखीपुरमा उजुरी दर्ता गराएपछि युवकलाई ईलाका प्रहरी कार्यालय सुखीपुरबाट प्रहरी नायव निरिक्षक सिकिन्द्र साहका नेतृत्वमा खटिएको टोलीले बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बस स्टेण्ड ईन्द्र चौकबाट पक्राउ गरेर ईलाका प्रहरी कार्यालय पतारीमा बुझाएको छ ।

बालिका र पक्राउ परेका युवकलाई स्वास्थ्य परीक्षण गराउनका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहा पठाएको ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभयो ।

छिमेकी फूलगेन साफीको घरमा खेल्दै गरेको अवस्थामा बालिकालाई बलात्कार गरेको यौनीबाट रगत समेत आएको पिडितको आफन्तले भने , यता पक्राउ परेका युवकका आमा लाली देवी साहले दुशमनीका कारण छोरालाई फसाएको बताईन् ।

 

तस्वीर–www.google.com.np

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६