अश्वमेध गायत्री महायज्ञ हुने गायत्री महायज्ञ हुने

  • प्रकाशित मितिः फाल्गुन 14, 2075
  • 127 पटक पढिएको

बीरगंज समाचारदाता
बीरगंज / नेपालमा पहिलो पटक फागुन १९ गते देखि २२ गते सम्म अश्वमेध गायत्री महायज्ञ हुने भएको छ ।

अखिल विश्व गायत्री परिवारको आयोजना तथा बीरगंज महानगरपालिकाको सहयोग र समन्वयमा बीरगंज स्थित आदर्शनगर रंगशालामा महायज्ञ हुने भएको छ ।

महायज्ञमा ५ लाख भन्दा बढि श्रद्धालुहरुको सहभागिता एवं एकै पटकमा ६० हजार श्रद्धालुले हवन गर्ने व्यवस्था आयोजकले गरेको छ । जसका लागि सनातन विधि ज्ञान सहित २५१ कुण्डीय भब्य यज्ञशाला निर्माण कार्य शुरु भई सकेको हुनाले नेपाल, भारत लगायत ४० देशबाट महायज्ञमा श्रद्धालुहरु उपस्थित हुने महायज्ञ समितिले बताएको छ ।

यस पावन अवसरमा बीरगंज लगायत आसपासका क्षेत्रमा माछा, मासु, र मदिरा बेचविखन तथा खानपिन नगरिदिनु हुन सम्पूर्ण सरोकारवालाहरु संग हिन्दू परिषद् नेपाल विनम्र आग्रह एवं अनुरोध सो विज्ञप्ती मार्फत जनाएको छ ।

साथै हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलको हस्ताक्षरित सहितको उक्त विज्ञप्तीमा महायज्ञ अवधिभरी आफ्ना टोल छिमेक एवं घर आगन दुलही झै सिंगारी बीरगंजलाई विश्वस्तरमा चिनाउन आ—आफ्नो तर्फबाट नेतृत्वदायि भूमिका निर्वाह गरिदिन हुन समेत सादर अनुरोध गर्दै महायज्ञलाई सभ्य, भब्य एवं एतिहासिक बनाउन समेत परिषद् अपिल गरेको छ ।


साथै हिन्दू परिषद् नेपालसंग आबद्ध रहेका संगठनका सम्पूर्ण जिम्मेवार साथीहरुलाई सकृयताका साथ महायज्ञ सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरि नेतृत्वदायि भुमिका खेल्न सबैमा निर्देशन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६