माध्यमिक तह कक्षा १२ पास नगेरेसम्म मोबाईल बोक्न नपाइने अब १२ कक्षा पास नगरेकाले मोबाईल बोक्न नपाइने

  • प्रकाशित मितिः फाल्गुन 12, 2075
  • 165 पटक पढिएको

काठमाडौ । मोबाईलकै कारण किशोर किशोरीहरुले बाल विवाह गर्न थालेपछि समाजि अभियन्तहरु कडा रुपमा प्रस्तुत भएका छन् । उनीहरुले अब माध्यमिक तह कक्षा १२ पास नगेरेसम्म मोबाईल बोक्न नपाउनु पर्ने कानुन निमार्ण हुन जरुरी रहेको भन्दै कडा रुपमा आफ्नो धारण प्रस्तुत गरेका हुन् ।

बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसस्थाले आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा वाल विवाह बढेको अभियन्तहरुले बताएका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ ।

सञ्चारका साधनले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको किशोरी रेजिना टेलरले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ ।’

अहिले जिल्लामा सबैभन्दा बढी किशोरी मोबाइलका कारण बलात्कारको शिकार हुनुपरेको समेत उनले बताइन्। बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोनमा फेसबुकमा कुरा गरेर भागेर भारत जाने गरेको उनको भनाइ छ ।

मोबाइलकै कारणबाट बैतडीको सीमा(नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा बाल विवाह गर्ने २४ जना किशोरकिशोरीहरुलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६