लागू औषधसहित एक युवक पक्राउ एक युवक पक्राउ

  • प्रकाशित मितिः फाल्गुन 12, 2075
  • 250 पटक पढिएको

सुभेन्द्र दास

लहान । लागू औषध सहित सिरहामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्वर ८ बस्ने १९ बर्षीय दिपेन्द्र कुमार मण्डल रहेको छ ।

सशस्त्र प्रहरी बल लहान बाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नम्वर ८ मा सवारी चेकजाँच गदै क्रममा मण्डलको साथबाट नाइट्राभेट ट्याब्लेट ३० चक्की, फेनारगन ९ एम्पुल, डाइजिल्लयाब ९ र नुर्फिन ९ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता तथा डिएसपी माधव राज खरेलले जानकारी दिनुभयो ।
पक्राउ परेको मण्डललाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएकोछ ।

त्यसैगरी,  प्रहरीचौकी कचनारी खटिएको प्रहरी टोलीले बरियारपट्टी गाउँपालिका १ स्थित गाडी चेक जाँचको क्रममा बाल्टीन सेट १ थान, प्रेसर कुकुर ५ थान, सागर दुधका पाउडर १ बोरा, पितरको गाग्री २ थानगरी २५ हजार रुपैयाँ समान बरामदगरी भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६