सुखीपुरमा निःशुल्क पाउने कण्डम र अस्थायी साधन नहुँदा गर्भ बस्ने जोखिम बढ्दो गर्भ बस्ने जोखिम

  • प्रकाशित मितिः फाल्गुन 11, 2075
  • रोयाण्टर मण्डल
  • 246 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / जिल्लाका अधिकांश महिलाले प्रयोग गर्ने परिवार नियोजनको निःशुल्क पाउने अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डम सुखीपुरमा अभाव भएको छ । प्रत्येक तीन महिनाका लागि लगाइने यो खोप र पुरुषले प्रयोग गर्ने कण्डम नहुँदा नचाहँदा नचाहँदै गर्भ बस्ने जोखिम बढेको छ ।

कण्डम, पिल्स जस्ता अरू पनि अस्थायी साधन भए पनि परिवार नियोजनका लागि अधिक दम्पतीले डिपोको प्रयोग गर्दै आएका छन् । स्वास्थ्य चौकी सुखीपुर तथ्यांक अनुसार हरेक तीन महिनामा १ हजार २ सय ५ जना महिलाले डिपो प्रयोग र प्रति महिना २ सय भन्दा बढी जना पुरुषले कण्डम प्रयोग गर्दै गरेका थिए ।

महिना अघि नै डिपो सकिएपछि आफूले नआएसम्मका पसलबाटै खरिद गरेर कण्डम प्रयोग गर्न सल्लाह दिएको स्वास्थ्य चौकी सुखीपुरका प्रमुख भुपेश रतन यादबले बताए । अधिकाशं महिला तथा पुरुषले कण्डम र चक्की प्रयोग गर्न रुचाउँदैनन् । नवविवाहिता बाहेकका बच्चाका आमाहरूले नानीहरूले भेट्ने, फुक्ने र कण्डम प्रयोग गरेको घरपरिवारका सदस्यले थाहा पाउने भएकाले लाजका कारण कण्डम लान मान्दैनन् ।

प्रत्येक दिन बिहान शौचालयमा फाल्नुपर्ने भएकाले व्यवस्थित शौचालय नभएकाले पनि कण्डम प्रयोगमा रुचि नदेखाउने स्वास्थ्यकर्मीसँगको परामर्समा बताउने गरेका छन् । दैनिक प्रयोग गर्नुपर्ने भएकाले पिल्सको प्रयोगमा पनि रुचि नराख्ने स्वास्थ्यकर्मी बताउँछन् । एक दिन आए तीन महिना ढुक्क हुने भएकाले पछिल्ला दिनमा धेरैको रोजाइ डिपो हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६