अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा नष्ट घरेलु मदिरा नष्ट

  • प्रकाशित मितिः फाल्गुन 10, 2075
  • रोयाण्टर मण्डल
  • 116 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार लहान नगरपालिका वडा नम्बर ९ चौधरी टोलबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै ५० लिटर मदिरा, कच्चा पदार्थ ६० लिटर, १७ वटा खाली जर्किन नष्ट गरेको हो ।

ईलका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरी स्थानीयवासीको रोहवरमा नष्ट गरिएको छ ।

सागर दूध पाउडर  बरामद 

त्यस्तै, प्रहरी चौकी सितापुर सिराहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिराहा लक्ष्मिपुरपतारी गाउँपालिका वडा नं. ६ स्थितमा चेकजाच गर्ने क्रममा सागर दूध पाउडर ९० के.जी अन्दाजी मूल्य रु. १८ हजार बराबरको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।

लागुऔषधसहित एक जनालाई पक्राउ

सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिकाबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुर बस्ने ३५ बर्षका अनुप लामा पक्राउ परेका हुन् । वीरगञ्ज महानगरपालिका १६ नगवामा चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाको टोलीले लामालाई लागु औषध इन्जेक्सन र ट्याबलेटसहित पक्राउ गरेको थियो ।

लामाको साथबाट फेनारगन, डाइजेपाम र नुर्फिन ३७र३७ एम्पुल, नाइट्रोभेट ट्याबलेट १५ पिस र सुई एक थान बरामद भएको सशस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्ल ठकुरीले जानकारी दिए ।लागुऔषधसहित लामालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६