भाग्दै गरेका लागुऔषध कारोबारी ट्याक्सी सोचेर प्रहरीको गाडी चढेपछि

  • प्रकाशित मितिः पुष 11, 2074
  • मधेश स्पेशल
  • 216 पटक पढिएको

सोमबार १०, पुष २०७४: डेनमार्कको कोपेनहेगनमा एक लागुऔषध कारोबारीले गज्जबको क्रिसमस उपहार पाएका छन् । ठूलो परिमाणमा लागुऔषध बोकेर भाग्दै गरेका उनी उफ्रेर एउटा गाडीको पछाडि चढ्दछन् । उनले त्यस गाडीलाई ट्याक्सी सोचेका हुन्छन् तर त्यो गाडी प्रहरीको हुन्छ ।

डेनमार्कको प्रहरीका अनुसार ती व्यक्ति घरतर्फ भाग्दै गर्दा आफै प्रहरीको फन्दामा परेका हुन् । यो घटना राजधानीको क्रिश्चियानामा भएको हो । जुन स्थान सन् १९७० को दशकका हिप्पीहरुका लागि प्रसिद्ध थियो । जहाँ लागुऔषधको खुला व्यापार हुने गर्दथ्यो । प्रहरीका अनुसार ती व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान भैरहेको छ ।

प्रहरी भने ठूलो परिमाणको लागुऔषधसहित लागुऔषध कारोबारी हात लागेकाले मख्ख छ । यही महिना मात्रै प्रहरीले क्रिश्चियानामा दर्जनौं पटक छापा मारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६