संसारको पत्रकारितामा दुइ धार छ तर नेपालमा तीन धार :जीवछ उदासी संसारको पत्रकारितामा दुइ धार छ तर नेपालमा तीन धार :जीवछ उदासी

  • प्रकाशित मितिः फाल्गुन 10, 2075
  • 111 पटक पढिएको

पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघको सधारण सभा पर्यटकीय नगरी पोखरामा हुन गइरहेको छ | देशैभरिबाट पत्रकारहरु उल्लेखनीय संख्यामा उपस्थित भइरहेको छ | नेपालमा पत्रकारिताको इतिहासलाइ पल्टाउने हो भने प्रजातन्त्र लोकतन्त्र आएपछि पत्रकारिताको विकास तीव्र गतिमा भएको हो | लोकतान्त्रिक गणतन्त्रको यस वखतमा तीन धारको पत्रकारहरु संगठित भइरहेको छ | नेपाली काँग्रेसको विचारबाट प्रभावित प्रेस युनियन नेकपाको भातृसंगठनको रुपमा प्रेस संगठन मधेसवादी दलहरुको विचारसंग लैस राख्ने मधेसी पत्रकार | यी तिनै धारको पत्रकारिता हुनु पनि स्वभाविकै हो | यसरी हेर्दा प्रेस चौतारी र प्रेस सेन्टर जो नेकपा एमाले र नेकपा माओवादीको विचारबाट प्रभावित दुबै संगठन एक भएपछि प्रेस संगठन बलियो र मजबूत देखिएको छ | मालिक पत्रकारिताको नेतृत्व प्रेस युनियनले गरेपनि श्रमजीवि कलमजीवि पत्रकारिताको नेतृत्व गरिरहेको प्रेस संगठनले आफ्नो कलमको मसी र क्यामराको फोटो सामाजवादी व्यवस्था ल्याउनको लागि गरीव मजदुरको मुहार र अनुहारमा समृद्धि ल्याउनको पत्रकारिता गरिरहनु पनि पर्छ | मालिक पत्रकारहरुको रक्षा र हितमा प्रेस युनियनले वकालत गर्छ भने यो पनि सहि नै हो | कारण संसारभरि नै जसरी समाज वर्गीय रुपमा दुइ कित्तामा विभाजित छ ,त्यसरी नै यसको बिम्ब पत्रकारितामा पनि पर्नुलाइ अन्यथा मान्नु हुँदैन | 
पत्रकारिता वृत्तमा पनि कतिले स्वतन्त्र पत्रकारिताको वहसलाइ जोरतोरले उठाउने गर्छ तर यो देखावटी आदर्श मात्रै हो यथार्त हुन सक्दैन | स्वतन्त्र भनेको सेतो रंग सरह हुन्छ जुन रंगमा दाग लाग्ने संभावना पनि त्यतिकै हुन्छ | विचारको रंगमा रंगिनु पनि यथार्त नै हो | नेपाल पत्रकार महासंघको नेतृत्व प्रेस संगठनले केन्द्रमा गरेकोले पत्रकारिताको माध्यमबाट समाजवादी व्यवस्थालाइ टेवा पुग्ने गरि पत्रकारिताको विकास गर्न यथास्थितिवाद धारमा टेक्ने होइन,प्रगतिवाद धारलाइ मलजल गर्नैपर्छ कलम जीवि र श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्न अगुवाइ गर्नैपर्छ | महासंघले प्रेस युनियन र मधेसवादी पत्रकारहरुलाइ पनि प्रगतिको दिसामा उन्मुख गराउन र मित्रवत व्यवहार गर्न पनि कनजुस्याइ पनि गर्नु हुँदैन | जनयुद्ध जनआन्दोलनको जगमा भएको मधेस आन्दोलनले संघियाको सुनिश्चितता र पहिचानको लागि जन्मिएको मधेसधारको पत्रकारहरुलाइ उठाइ रहेको आवाजलाइ पनि समेट्न पोखराको सधारण सभा सफल होस मुलुकलाइ समृद्धिको पक्षमा डोरयाउन सशक्त पत्रकारिताको पक्षमा यो भेला कामयावी होस शुभकामना संगै पत्रकारितामा वैचारिक प्रष्टता समृद्धि विकास र एकता आजको आवश्यक्ता .......

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६