अख्तियारले छानबिन थालेपछि ठेकेदार कम्पनीले कुशाहा–बेल्ही सडकको पुनःकाम शुरु  ठेकेदार कम्पनीले पुनःकाम शुरु

  • प्रकाशित मितिः फाल्गुन 9, 2075
  • 94 पटक पढिएको

सप्तरी, ९ फाल्गुन / लामो समयदेखि अलपत्र छाडेको सप्तरीको कुशाहा–बेल्ही सडककोअख्तियारले छानबिन थालेपछि ठेकेदार कम्पनीले पुनःकाम शुरु गरेको छ ।

राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको कामले निरन्तरता पाएको हो ।

सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिएपनि ठेकेदार कम्पनीले काम अलपत्र छाडेर सम्पर्क्विहीन भएको भन्दै राससमा समाचार प्रयोग भएको थियो । सो समाचार विभिन्न सञ्चारमाध्यममा छापिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले गत कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालय राजविराजसँग सो सडकको सम्पूर्ण विवरण माग गरेको थियो ।

ठेकेदार कम्पनीले सडकको काम तीव्ररूपमा अघि बढाएको हो । कम्पनीले धमाधम काम अघि बढाए पनि सडकको काम सन्तोषजनक नरहेको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।

जिल्ला प्राविधिक कार्यालय सप्तरीले पप्पु मृतसञ्जीवनी जेभी, काठमाडौँ नामक ठेकेदार कम्पनीलाई सो निर्माण कार्यको जिम्मा दिएको थियो । करीब दुई वर्षअघि नै सडकमा हालिएको ग्राभेलमै ठेकेदार कम्पनीले अहिले धमाधम कालोपत्र गर्न शुरु गरेकाले सडक छिट्टै भत्किन सक्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ । (सभार–कमाण्डर दैनिक)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६