नेपाली कांग्रेस जनकपुर नगर समितिले कडा कदम चाल्ने पत्रकार सम्मेलनको आयोजना गरि निर्णयहरु सार्वजनिक

  • प्रकाशित मितिः फाल्गुन 9, 2075
  • 152 पटक पढिएको

राजन सिंह
जनकपुरधाम, ९ माघ / नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले फाल्गुन ५ गते सम्पन्न नगर सम्मेलनका निर्णयहरु सार्वजनिक गरेको छ । समितिका सभापति मनोज साहले बिहीवार नेपाली कांग्रेस धनुषाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि निर्णयहरु सार्वजनिक गरेको हो ।


नगर समितिले ६ महिनाभित्र २५ वटै वडामा क्रियाशिल सदस्यता वितरण गर्ने जनाईएको छ । ल्याण्ड फिल साईट र आउटर रोड कार्यान्वयनका लागि जनकपुर उपमहानगरपालिकासंग मांग गर्दै जनकपुरलाई पर्यटकीय नगरीमा विकासका लागि अठोटका साथ अगाडि बढने पत्रकार सम्मेलनमा जनाईएको छ ।


जनकपुरधामलाई स्थायी राजधानी घोषणा , नाम मिथिला भोजपुरा र भाषा मैथिली राख्न प्रदेश सरकारसंग मांग गरेको छ । जनकपुरधाम नगरक्षेत्रभित्र आधुनिक बस पार्क निर्माण गर्न फिर्ता गएको ३५ करोड पुन ः पहल गरी आधुनिक बस पार्क निर्माण गर्न र जनकपुरधामलाई महानगरपालिका घोषणा गर्न मांग गरिएको छ ।


जनकपुर उपमहानगरपालिका क्षेत्रभित्रका बाटो विस्तार निर्माण गर्ने क्रममा कतिपय घरधनीहरु घर उठिवास भएकोले सो घरधनीहरुलाई राहत एवम पुर्णवास गराउने सम्बन्धि आवश्यक कानुन निर्माण गर्न मांग गर्दै बिगतमा नगरपालिकासंग भएको सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै आन्दोलनको कडा कदम चाल्ने बताएका छन । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी , प्रफुल्ल राज घिमिरे , दिगम्बर राय , गणेश तिवारी , क्षेत्रीय सभापति कन्हैया लाल कर्ण , राज किशोर सिंह , प्रवेश चौधरी , जगत साह , रबिन्द्र सिंह , गणेश झा सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६