बलात्कार गरेर फरार भएका अभियुक्त पक्राउ अभियुक्त पक्राउ

  • प्रकाशित मितिः फाल्गुन 8, 2075
  • रोयाण्टर मण्डल
  • 136 पटक पढिएको

सिरहा समाचारदाता
सिरहा, ८ फागुन । बालिका बलात्कार गर्ने दुबैजना अभियुक्तलाई प्रहरीले पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१३ का वर्षीय श्रीराम यादव र गोलबजार नगरपालिका–१० बस्ने दिपक राई रहेको छ ।

सिरहाका दुई ठाउँ धनगढीमाई र गोलबजार नगरपालिकामा दुई बालिका एकै दिन बलात्कृत भएका छन् । घटनापछि फरार रहेका दुबैजना अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

मंगलबार धनगढीमाई नगरपालिका–१३ स्थित चन्डेरा जङ्गलमा दाउरा लिन गएकी १७ वर्षीया बालिकालाई सोही वडाका खजनपुर बस्ने २४ वर्षीय श्रीराम यादवले जर्वजस्ती करणी गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको हो ।

सोही दिन गोलबजार नगरपालिका–१० मा १२ वर्षीया बालिकालाई सोही ठाउँका २१ वर्षीय दिपक राईले जर्वजस्ती करणी गरेको उजुरी परेको हो । पीडित बालिकाले प्रहरीमा जर्वजस्ती करणी गरेको जाहेरी दर्ता गराएपछि प्रहरीले दुबै अभियुक्तलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी सिरहाका पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहाबाट १० दिनको म्याद थपी जर्वजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार घटना लगत्तै फरार भएका यादव र राईलाई विभिन्न व्यक्तिको सहयोगमा पक्राउ गरिएको हो । पीडित बालिकालाई स्वास्थ्य चेकजाँचको लागि अस्पताल पठाएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६