वाह रे गाउँपालिका अध्यक्ष, तस्करलाई बचाउदै पत्रकारलाई धम्काउदै गाउँपालिका अध्यक्ष वाह रे गाउँपालिका अध्यक्ष

  • प्रकाशित मितिः फाल्गुन 8, 2075
  • रोयाण्टर मण्डल
  • 209 पटक पढिएको


वाह रे गाउँपालिका अध्यक्ष
तस्करलाई बचाउदै पत्रकारलाई धम्काउदै गाउँपालिका अध्यक्ष

सिरहा, ८ फागुन / गाउँपालिका अध्यक्ष तस्करसगँ मिलेर अनैतिक कार्य गर्दै आएको सुन्दा आश्चर्य लागन सक्छ होला तर यर्थात हो ।
सिरहाको लक्ष्मीपुर पतारीका गाउँपालिका अध्यक्ष तस्करको समाचार पत्रकारले लेखेपछि पत्रकार माथि आक्रोशित हुदै धम्काएको छ ।
गाउँमा भए रहेको नराम्रा गतिविधी पत्रकारले उजागार गरि दिएको भन्ने गाउँपालिका अध्यक्षले सम्मान गर्नु पर्थियो तर उल्टै पत्रकार गाउँपालिका अध्यक्ष आक्रोशित बोलिको सिकार भएका छन् ।
पत्रकार प्रदिप सिंह महतोले लेख्नुहुन्छ– मिशन बोर्डर अन्तरगत सिरहाका केही पत्रकारहरुले सिमाक्षेत्रमा भइरहेको अवैद्य मालसमान तस्करी विरुद्ध समाचार लेखेपछि लक्ष्मीपुरपतारीका अध्यक्ष रामबल्भ साह आक्रोशित भएका छन् ।

प्रमुख साहका सम्बन्धित कौशललगायतले गर्दै आएको राजनिवास, रजनीगन्धा, मरिच तथा विभिन्न किराना मालसमान अवैद्य रुपमा भारत निकासी पैठारी गरिरहेको समाचार मिडियामा आएपछि सिमाक्षेत्रमा प्रहरीले कडा निगरानी बढाएको छ ।

सोही समाचार लिएर आज लक्ष्मीपतारी गाउँपालिकाको कार्यालयमा एक पत्रकारलाई प्रमुख साहले आक्रोशित हुँदै भने ‘तिमीहरुको काम राम्रो होइन् ।’ ‘ समाचार लेखेर बोर्डरमा कडाई गर्नु तिमीहरुले के गर्न खोजिएको हो ? यो ठिक होइन् । पत्रकार र प्रमुखबीच एक छिन तनाव नै भएको थियो ।

सिमाक्षेत्रको समाचार लगातार आएपछि यत्तिबेला जिल्ला प्रहरी कार्यालय सिरहाले कचनारी , झाझपटी , जानकीनगर रेखदेख गर्न प्रहरी प्रकाश खडकालाई जिम्मा दिएको छ । त्यसक्षेत्रमा प्रहरी निगरानी कडाई गरेपछि दूई दिनदेखि तस्करहरुले पत्रकारहरुलाई धम्की दिन थालेको छ । पत्रकार प्रदीप सिँहलाई मंगलवार विहान साढे ९ बजेतीर देवनगरका आन्नद यादवले ज्यान मार्ने धम्की दिएको छ । पत्रकारलाई यसरी ज्यान मार्ने धम्की दिने यादवलाई कारवाही गर्न नेपाल पत्रकार महासँघ सिरहाले जोडदार माग गरेको छ । यसवारे ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले यस्ता गुण्डागर्दी गर्ने जोसुकैलाई कारवाहीको दायरामा ल्याउँने बताउँनुभयो । सिमाक्षेत्रमा मरिच, मटर, किरानाका मालसमान, गिट्टी बालुवा, खैनीजन्य पदार्थ, कपडा, तेल, रक्सीलगायतका मालसमान अवैद्य रुपमा निकासी पैठारी हुँदै आएको छ । यता, समाचार आएपछि सिमाक्षेत्रमा खटिएका थप प्रहरीले भन्सार छलीका समान बरामद गरिएको छ ।

ईलाका प्रहरी विष्णुपुरका टोलीले चेक जाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छलि गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख बराबरको किरानाको मालसमान बरामद गरिएको छ । बरामद गरिएको मालसमान भन्सार कार्यालय सिरहा माडरमा बुझाउँने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका केही पत्रकारले यत्तिबेला मिशन बोर्डर नाम दिएर तीन दिनदेखि नियमित समाचार लेख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६