चाउचाउको बोर्ड राखेर मरिच तस्करी, प्रहरी—तस्कर मिलोमतो तेस्रो मुलुकबाट खरिद गरी अवैद्य रुपमा भारत पैठारी गराउँने गिरोहहरुको धन्दा यत्तिबेला मरिचतर्फ

  • प्रकाशित मितिः फाल्गुन 6, 2075
  • रोयाण्टर मण्डल
  • 183 पटक पढिएको

सिरहा समाचारदाता


लहान ७ फागुन । पिक अप जीपमा चाउचाउको फ्लेक्स बोर्ड राखेर लहानबाट मरिच भारत निकासी गर्ने गिरोह सक्रिय रहेको छ । लहानका नामुद व्यापारीहरुले तेस्रो मुलकका मरिच भारत पैठारी गराउँने गरेको खुलासा भएको छ । यस अघि सुपारी, सुकुमेल, लहसुन, स्याउलगायत तेस्रो मुलुकबाट खरिद गरी अवैद्य रुपमा भारत पैठारी गराउँने गिरोहहरुको धन्दा यत्तिबेला मरिचतर्फ लागेका छन् ।


सहकर्मी आलोक यादव आज लहानबाट निस्किएको चाउचाउ वोर्ड लागिएको एक जिपलाई पिछा गर्दा वरियारपट्टी गाउँपालिकामा पर्ने सिमावर्ती गाउँ ब्रहरीको एक पक्की घरमा मरिचको बोरा झार्दै गरेको फेला पारेको छ । पिक अप जिपबाट केही चाउचाउको प्याकेट र अधिकतम मरिचको बोरा अनलोड गरी पक्की घरमा राखेको छ । त्यहाँबाट रातारात कचनारी प्रहरीकै संरक्षणमा अवैद्य रुपमा भारत पैठारी गर्ने गरेको खुलासा भएको छ ।


तेस्रो मुलुकबाट आयात गरिने मरिच कानुनत नेपालमै खपत हुनुपर्छ । तर, तथ्यांक हेर्ने हो भने यहाँ खपत हुनेभन्दा धेरै बढी आयात भएको छ । यसरी आयात भएको मरिच खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले अवैध रूपमा भारत पठाउने गरेका छन् । नेपालमा भन्दा भारतमा प्रतिकेजी २ सयसम्म बढी मूल्य भएका कारण आयातकर्ताले नेपालका लागि मगाएर भारत पठाएका हुन् । तेस्रो मुलुकबाट आयात हुने मरिच निकासी गर्न पाइँदैन् ।


मरिच सिरहा, मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रहरूबाट चोरी निकासी हुने गर्छ । भियतनामबाट आयातित मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलोग्राम ७ देखि ८ सय रुपैयाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ । मूल्य अन्तरकै कारण मरिचको पैठारी बढेको छ ।


भियतनामबाट मरिच आयात हुन्छ । यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रूपमा भारत निकासी गरिँदै आएको थियो । सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरे । यत्तिबेला मरिचसँगै मटर समेत नेपालबाट अवैद्य रुपमा पैठारी हुने गरेको छ । कचनारी प्रहरी इन्चार्ज धनबहादुर खड्काको निगरानीमै रातारात मरिच नेपालबाट भारत पैठारी हुने गरेको छ । प्रहरी खड्काकै मिलोमतोमा कचनारी ब्रहरी नरगी हुँदै गिट्टी बालुवा समेत पैठारी हुने गरेको छ । उता, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठ भन्छन् — यो सम्भव छैन । यदि यस्तो भइरहेको छ भने यथाशिघ्र कारोबार बन्द हुन्छ । यसको लागि विशेष प्रहरी टोली खटाइसकेको छु । उता, तस्करहरु पत्रकारहरुलाई फोन गरेर मिठो शैलीमा धम्की दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६