साहित्यकार चन्द्रशेखर लालको तेस्रो श्रद्धान्जली कार्यक्रम सम्पन्न श्रठा स्वर्गीय चन्द्रशेखर लाल कर्ण “शेखर “ ज्युको तेस्रो श्रद्धान्जली

  • प्रकाशित मितिः फाल्गुन 5, 2075
  • रोयाण्टर मण्डल
  • 200 पटक पढिएको

फिरोज शेख
लहान, ५ फागुन / सिरहाको लहानमा राजनीति र साहित्य क्षेत्रमा सक्रिय योगदान पुर्याउनु भएका श्रठा स्वर्गीय चन्द्रशेखर लाल कर्ण “शेखर “ ज्युको तेस्रो श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ ।


संगोर मिथिला नेपालका अध्यक्ष हृदय नारायण यादवको अध्यक्षतामा आयोजित श्रद्धान्जली कार्यक्रममा स्वर्गीय चन्द्रशेखर लाल कर्ण “शेखर “ को घरपरिवारका सदस्यहरु सहित संगोर मिथिला नेपालका उपाध्यक्ष तेजु मैथिल, कोषाध्यक्ष गायत्री सिंह संगै संगोर मिथिलाका दिनेश रसिया , अमरेश महतो,गजेन्द्र गजुर,रितेश मैथिल,राधा कुमारी दास , समाजसेवी तथा वुद्धिजीवी हिरा लाल कर्ण, साहित्यकार अर्जुन प्रसाद गुप्ता दर्दिला , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख लगायतले “शेखर “ को फोटोमा फुल ,माला,अबिरले श्रद्धान्जली अर्पण गरेका थिए ।

 

वि स १९८९ ( वसन्त पञ्चमी ) को दिन स्व राज कुमारी देवीको कोख बाट जन्म लिनु भएका स्व शिव नन्दन लाल कर्णका सरस्वती पुत्र चन्द्रशेखर लाल कर्ण “शेखर “को देहावसान वि स २०७२ फाल्गुन १ गते ( वसन्त पञ्चमी ) कै दिन भएको थियो। २००६ साल देखि राजनीति र साहित्य क्षेत्रमा सक्रिय योगदान दिनु भएका “शेखर “ ले कलकत्ता , बनारस युनिभर्सिटी बाट शिक्षा हासिल गर्दै उहाले हम नेपालि हमार नेपाल २०१५,गिरिजा बाबु जय नेपाल २०४२/०४३, शुली पर सन्त २०५०/०५१ , सबटा दाग देखार २०६०/०६१,मंगलध्वनी लगायतका कृतिहरु प्रकाशन भैसकेको छ ।

 

यसै बीच श्रद्धान्जली सभामा आफ्नो ( आफ्नो विचार राख्ने क्रममा साहित्यिक क्षेत्र र राजनीति क्षेत्रमा अतुल्य योगदान दिएपनि मिथिलाको श्रठा स्वर्गीय चन्द्रशेखर लाल कर्ण “शेखर “ लाई लहान नगरपालिका र वर्तमान सरकारले उपेक्षा गरेको गुनासो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६