रोकिएन गिट्टी वालुवा तस्करी, नेपाली गिट्टी बालुवा भारत तस्करी रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती

  • प्रकाशित मितिः फाल्गुन 5, 2075
  • रोयाण्टर मण्डल
  • 111 पटक पढिएको

दिनेश्वर प्रसाद गुप्ता
लहान ५ फागुन / लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा सँकलन गरेर रातारात भारत पुर्याउँन त्यहाँका प्रहरी सक्रिय छन् । प्रहरी चौकी कचनारीको मातहतमा रहेको भारतसिमासँगै टाँसिएको नरगीमा दैनिक २५ देखि ३० ट्रायक्टर वालुवा गिट्टी सँकलन हुँदै भारत पुरयाउँने गरेको छ ।


संकलित बालुवा गिट्टी कचनारीका प्रहरी इन्चार्ज धनवहादुर खडकाका निगरानीमै रातभरीमा भारत पुर्याउँने गरेको छ । गिट्टी वालुवा सँकलनका ठेकेदार वरहरीका जगवीर यादव, नरगीका अशोक यादवलगायत पाँच जनाको समूह सक्रिय रहेको छ ।


वरियारपट्टी गाउँपालिकाको कजरा, कचनारी र नरगी हुँदै भारतको पिपराही पुर्याएर भारत विहारको विभिन्न बजारमा लहानको वालुवा गिट्टी अवैद्य रुपमा तस्करी भइरहेको छ ।
कचनारी प्रहरी इन्चार्ज धनवहादुर खडकाकै मिलोमतोमा नेपालबाट मरिच, मटर भारत पुर्याउँने गरेको छ । भारतबाट भन्सार छली गरेर दैनिक २५ देखि ३० लाखसम्मको कपडा, इलेक्ट्रोनिक पार्टपुर्जा, खद्यान्न सामाग्री नेपाल भित्रिने गरेको छ । तस्करहरुले भारतबाट साईकल, मोटरसाईकल, ट्रायक्टर, जिप, मिनी ट्रकमार्फत भन्सार छली गरी नेपाल भित्रियाउँने गरेको छ ।
वालुवा गिट्टीका कारोवारी अशोक यादव भन्छन् —‘काम गरेर खान दिनुस्, हामीलाई जिल्लासम्म पकड छ । यहाँका प्रहरीसँग पटक पटक बैठक भइरहेको छ ।’ उता, शनिवार स्थानीय सँचारकर्मी मुकेश यादव र उनीसँग रहेका दिनेश यादवले सिमाक्षेत्रमा रहेको वालुवा गिट्टीको फोटो खिच्दा कारोबारी जगदीश यादवले दुव्र्यवार गरेको छ ।


फोटो खिचेका दिनेश यादवलाई गुण्डा शैलीमा जगवीर यादवले गालीगलौज गर्दै मोबाईल नियन्त्रणमा लिएर गिट्टी वालुवाको दृश्य हटाउँन लगाएका छन् ।
गिट्टी वालुवा तस्करीवारे जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले ‘यो हुनै सक्दैन, यदि यस्तो भइरहेको छ भने त्यहाँको प्रहरीले पैसा खाएर कारोवार गराइरहेको हुनुपर्छ ।’ ‘एसपी जीवनले यो नियन्त्रण गरेर नै छाड्छन् ।’ ‘विशेष टोली पठाएर काम अघि बढाउँने ।’ एसपी श्रेष्ठको कथन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६