प्रदेशलाई नै नशा मुक्त प्रदेश घोषणा गर्नुपर्ने : श्रीवास्तव नगर सुधार समितिको अभियान फलदायी हुने

  • प्रकाशित मितिः फाल्गुन 3, 2075
  • रोयाण्टर मण्डल
  • 238 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / सिरहा जिल्लाको सुखीपुर नगरपालिकालाई नशामुक्त नगर बनाउने नगर सुधार समिति न.पा सुखीपुरले अभियानको थालनी भएको छ ।

सुखीपुर नगरपालिका वडा नम्बर २ मा नगर सुधार समिति न.पा सुखीपुर, सिरहाको आयोजनामा आयोजित वक्तृृत्वकला प्रतियोगिता कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य तथा प्रमुख अतिथी मदन सेन प्रसाद श्रीवास्तवले नशा मुक्त समाज निर्माण तथा आपसी सदभाव एवं समवृद्ध नेपालको निर्माणमा नगर सुधार समितिको अभियान फलदायी हुने समेत वताउनुभयो ।

सुखीपुर नगरमा मात्रै होईन देशभरी समस्या छ तर विशेष गरेर २ नम्बर प्रदेशमा नाशा सेवनले दिन्हु कुनै नकुनै घटना सृजना गर्ने गरेकोले प्रदेश सरकारले नै कानुन बनाई २ नम्बर प्रदेशलाई नशा मुक्त प्रदेश घोषणा गर्नुपर्ने प्रमुख अतिथी श्रीवास्तवले बताउनुभयो ।

अधिकारको साथ साथै मधेशी जनताको स्वास्थ्यको रक्षा गर्नु हेतु यस्ता राम्रा काममा ऐन ल्याउनु पर्छ । अनेक प्रकारको आन्दोलन भयो जनता भन्दा नेताहरु फैईदा बढी लिनुभयो तर अब आफनो लागि आफनो स्वास्थ्य र परिवार खुशीका लागि आबाज उठाउनु पर्ने उहाँले विहीवार वक्तृृत्वकला प्रतियोगिता कार्यक्रम मार्फत प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

सिरहा सुखीपुर नगरपालिकालाई नशा मुक्त नगर घोषणा गर्ने गराउने उदेश्यले नगर स्तरीय वक्तृृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नशा मुक्त नगर स्वस्थ नगर– सुखीपुर नगरपालिकाको पहिचान, भ्रष्टाचार मुक्त नगर समृद्ध नगर–नगर सुधार समितिको अभियान भन्ने मुलनारा तय गरि नशा मुक्त नगर स्वस्थ नगर शीर्षकमा विहीवार वक्तृृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो ।

नगर सुधार समिति न.पा सुखीपुर, सिरहाको आयोजनामा आयोजित वक्तृृत्वकला प्रतियोगितामा प्रथम स्थान राम जानकी माध्यमिक प्राविधिक विद्यालय छजनाका छात्र विबेक दास , दोस्रो स्थान २ जना श्री जनता माध्यमिक विद्यालय दहिपौडीका छात्रा अंजली यादब र राम जानकी माध्यमिक प्राविधिक विद्यालय छजनाका छात्रा गरिमा पुष्म यादब , तेस्रो स्थान श्री जनता माध्यमिक विद्यालय दहिपौडीका छात्र देबेन्द्र मोची, चौथो स्थान मोहन एकेडीमी स्कुल सुखीपुरका छात्र संजय कुमार दास, पाँचौं स्थान मोहन एकेडीमी स्कुल सुखीपुरका छात्रा आरती कुमारी यादब, छैठौ स्थान २ जना सृजनशील विद्याआश्रम सुखीपुरका छात्रा अर्चना यादब र रजै जनक माध्यमिक विद्यालय बल्हीका छात्रा ममता कुमारी यादब , सातौ स्थान २ जना जनता माध्यमिक विद्यालय मोहनपुर कमलपुरका छात्रा गरिमा यादब र जनता चेथरु जितन माध्यमिक विद्यालय कविलासीका छात्रा राखी कुमारी यादब , आठौं स्थान जनता माध्यमिक विद्यालय सुखीपुरका छात्र धनिराम महतो, नबौं स्थान जनता माध्यमिक विद्यालय मोहनपुर कमलपुरका छात्र मंदिप यादब, दशौं स्थान जनता माध्यमिक विद्यालय सुखीपुरका छात्रा खुश्बु गोसाई, एघारौ स्थान जनता चेथरु जितन माध्यमिक विद्यालय कविलासीका छात्र अभिशेष यादब, बाह्रांै स्थान रजै जनक माध्यमिक विद्यालय बल्हीका छात्र शिब शंकर राय, तेहौ सृजनशील विद्याआश्रम सुखीपुरका छात्र विशाल दास रहेको निर्णायक समितिका सदस्य शिक्षक राम उदगार साहले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि २ नम्बर प्रदेश सभाका सदस्य मदन सेन प्रसाद श्रीवास्तव, विशिष्ट अतिथि राम जानकी माध्यमिक प्राविधिक विद्यालयका छजनाका प्रधानअध्यापक राम प्रताप यादब र राम जानकी माध्यमिक प्राविधिक विद्यालयका छजनाका पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम चन्द्र यादब, सुखीपुर व्यपार समिति सुखीपुरका अध्यक्ष शत्रुधन प्रसाद चौधरी, जनता माध्यमिक विद्यालय सुखीपुरका पुर्व प्रधान अध्यापक राम चरित्र ठाकुर, जनता चेथरु जितन माध्यमिक विद्यालय कविलाशीका शिक्षक रामकृपाल ठाकुर, सुखीपुर नगरपालिका वडा नम्बर २ का सदस्य सीताशरण दास र निर्णयक समितिका सदस्य राम उदगार साहले आफनो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता नगर सुधार समिति न.पा सुखीपुर, सिरहाका अध्यक्ष वी.पी भुवन यादब, उदघोषण अशोक यादब, स्वागत मन्तव्य शिक्षक मजिद अन्सारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६