जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता २०७५ को तेस्रो छनौट कार्यक्रम शुक्रबार सम्पन्न

  • प्रकाशित मितिः फाल्गुन 3, 2075
  • रोयाण्टर मण्डल
  • 85 पटक पढिएको

राम पुकार पटेल

गौर / सातौ जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता २०७५ को तेस्रो छनौट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले महिला शशक्तिकरणका लागि राजदेवी मिडिया सेन्टरले बिगत सात वर्ष देखि संचालन गर्दै आएको महिला साइकल दौड प्रतियोगिताको निरन्तरता र सफलताको शुभकाम्ना दिनु भयो।

महिलामुखी कार्यक्रमलाई गौर नगरपालिकाले बिशेश प्राथमिकतामा राखेको नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भयो।गौर सिरसिया जाने बाटोमा सम्पन्न भएको सो छनौट कार्यक्रमबाट १५ जनाले फाल्गुन ७ गते हुने अन्तिम चरणका लागि आफ्नो स्थान सुरक्षित बनाउन सफल भएका छन।

 

कार्यक्रममा राजपा का केन्द्रीय सदस्य एवं गौर वाडा नम्बर ३ का वाडा अध्यक्ष श्यामसुन्दर पटेल आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले कार्यक्रमको निरन्तरतामा जोड दिनु भएको थियो। गौर वाडा नम्बर १ का वाडा अध्यक्ष भरत साह वाडा नम्बर २ का वाडा अध्यक्ष राकेश झा राजपा रौतहटका संयोजक गिता महतो शस्त्र प्रहरी उपरीक्षक , प्रभु बैंक गौर शाखाका प्रबन्धक , मिशन नेपाल प्रदेश नम्बर २ का संयोजक नवीन कुमार सिंह, युवा नेता ओमप्रकाश साह मधेसिया लगायतका ब्यक्तिहरुको सक्रिय सहयोग तथा उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६