कानू समाजको राष्ट्रीय भेला फाल्गुन ३ गते बीरगंजमा हुने कानू समाजले फाल्गुन ३ गते बीरगंजमा आफ्नो राष्ट्रीय भेला ग

  • प्रकाशित मितिः फाल्गुन 1, 2075
  • रोयाण्टर मण्डल
  • 213 पटक पढिएको

बीरगंज समाचारदाता
बीरगंज / नेपालमा आफ्नो पहिचान स्थापित गराउन सक्रिय रहेको कानू समाजले फाल्गुन ३ गते बीरगंजमा आफ्नो राष्ट्रीय भेला गर्दै छ।

बीरगंज स्थित टाउन हलमा कानू हलुवाई कांन्दू मध्यदेशीय समाज नेपालको राष्ट्रीय एकता अभियान एवं सातौ केन्द्रिय बैठक पर्सा जिल्लामा हुने भएकोले एस क्षेत्रका कानू समाज कार्यक्रम सफल एवं भब्य बनाउन सक्रिय भएका छन।

भेला लाई कानू हलुवाई कांन्दू मध्यदेशीय समाज नेपालका राष्ट्रीय अध्यक्ष आर।बी।साह,उपाध्यक्ष हीरा साह कानू, महासचिव राज कुमार साह,सचिव सीताराम साह लगायत नेपाल भारतका कानू समाजका अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य बिजय गुप्ताले बताए।

कार्यक्रमको सम्पूर्ण तैयारी पूरा भएको र समाजको कार्यक्रम लाई ऐतिहासिक रूप दिन सम्पूर्ण साथीहरु आ(आफ्नो क्षेत्र बाट सक्रिय भूमिका निर्वाह गरिरहेको कानू हलुवाई कांन्दू मध्यदेशीय समाज नेपालका पर्सा जिल्ला संयोजक सुरेन्द्र प्रसाद कानूले बताए।समाजमा उच्च स्थान हासिल गरेका ब्यक्तिहरू लाई सम्मान गर्ने,कार्यक्रम सफल गर्ने बिभिन समिति गठन,स्वेम(सेवक परिचालन एवं भब्य,सभ्य बनाउन बीरगंजको बिभिन स्थानमा बैनर एवं पप्लेट सहित होडिंग बोड समेत जड़ान गरेको कानू हलुवाई कांन्दू मध्यदेशीय समाज नेपालका केन्द्रिय युवा संगठन प्रमुख सुनील गुप्ताले बताए।

कार्यक्रम सफल पॉर्न शहर देखी गाउ सम्म समाजका सदस्यहरु परिचालन गरेको गुप्ताले बताए।कानू हलुवाई कांन्दू मध्यदेशीय समाज नेपालको कार्यक्रम २०७५ फाल्गुन ३ गते शुक्रवार बिहान १० बजे देखी टाउन हल बीरगंजमा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान&rdq

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६