उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको निधन उपेन्द्र यादवकी बुहारीको निधन

  • प्रकाशित मितिः माघ 29, 2075
  • रोयाण्टर मण्डल
  • 139 पटक पढिएको

सिरहा / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको निधन भएको छ ।

क्यान्सर पीडित बुहारी मनिषा यादवको आज मंगलावर भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । उनको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो ।

बिहेलगतै उनी विरामी भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ डेढ वर्षसम्म उपचार चलेको थियो । डाक्टरले लामो समयसम्म बाँच्न नसक्ने भनेपछि उनलाई आठ महिनाअघि नेपाल ल्याएको थियो ।

काठमाडौंमा उनलाई घरमै राखिएको थियो । विरामी शुरु भएपछि ६ दिनअघि उनलाई क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । अध्यक्ष यादवले २०७२ वैशाख २९ गते सप्तरी बथनाह–१ का शशीकुमार र शोभा यादवकी छोरी मनिषा यादवसँग आफ्नो छोरा अमरेन्द्र यादवको विहे गरी बुहारीका रुपमा भित्र्याएका थिए ।

विराटनगर–१२ हाटखोलास्थित दधिराम कम्पेल्कसको ‘फन एन्ड फुड भिलेज रिसोर्ट’ मा उनको विवाह धुमधामका साथ भएको थियो । उनीहरुको दुई वर्षकी छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६