समृद्धिको लागि नीति मात्र होइन, नियत पनि स्पष्ट हुनु पर्दछ : मुख्यमन्त्री राउत प्रदेश र स्थानीय सरकारको हाथमा

  • प्रकाशित मितिः माघ 28, 2075
  • रोयाण्टर मण्डल
  • 130 पटक पढिएको


अतिश मिश्रा
जनकपुरधाम, माघ २८ । मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको लाति नीति र नियत दुबै स्पष्ट हुनु पर्ने बताउनु भएको छ । राष्ट्रिय योजना आयोगले आज जनकपुरमा आयोजना गरेको १५ औ योजनाको आधारपत्र सम्बन्धि प्रादेशिक परामर्श बैठकलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले नियत स्पष्ट नभए पछि नीति कार्यान्वयन नहुने उल्लेख गर्दै सरोकारबलाहरुलाई नियत समेत स्पष्ट गर्न आग्रह गर्नु भयो ।

Image may contain: 6 people, people sitting and indoor
मुलुकले यस १४ वटा पँचवर्षिय आवधिक योजना बनाइ सके पनि उपलब्धि हासिल गर्न नसक्नुको कारणहरु औल्याउदै अगामी दिनमा अघि बढनु पर्ने उल्लेख गर्नु भयो । तल देखी माथि सम्म व्याप्त कुशासन, भ्रष्टाचार जस्ता समस्याहरुले लक्ष्य प्राप्तिमा अवरोधक बनि रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यस्ता कुशासन अन्त्य गर्ने काम आफै वाट शुरु गर्नु पर्ने उल्लेख गर्नु भयो ।
१३६ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उपस्थिति रहेको उक्त बैठकमा मुख्यमन्त्री राउतले संविधानले प्रदत गरेको अधिकारलाई नै टेकेर प्रदेश र स्थानीय सरकारले सहकार्य गरे केही वर्ष भित्रै प्रदेशलाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धता जनाउनु भयो ।

Image may contain: 4 people, indoor
रकम छर्ने साना योजनाहरुले समृद्धिको बाटो पहिल्याउन नसक्ने जिकिर गर्नु हुँदै उहाँले अबको विकास ठोस प्रकारको हुनु पर्ने बताउनु भयो । उहाँले भन्नु,‘ ५० हजार एक लाखको योजना छनौट तिर हामी नलागौ ठोस योजनाहरुको पहिचान गरौ । जसले हामीलाई समृद्ध बनाउछ ।
केन्द्रितकृत मानसिकताले अहिले पनि संघीयतालाई धरापमा पार्न खोजि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो काम कर्तव्यले संघीयतालाई बलियो बनाउने जिम्मेवार प्रदेश र स्थानीय सरकारको हाथमा रहेको दावी गर्नु भयो ।

Image may contain: 3 people, people smiling, suit
मुख्यमन्त्री राउतले कृषि , उद्योग र पर्यटन मुख्य आधार भएको प्रदेश नं. २का लागि त्यसै अनुरुपको योजनाहरु निर्माण गरि दिन योजना आयोग संग आग्रह समेत गर्नु भयो । उहाँले हुलाकी सडक, सुनकोशी, कमला डाइभर्सन, स्पष्ट औद्योगिक नीति जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको हो ।
योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा सहितका वक्ताहरुले आफनो मन्तव्य राख्नु भएको थियो ।

Image may contain: one or more people, people sitting and indoor

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६