वतावरण प्रतिकुल हुदै : नगर प्रमुख रामऔतार

  • प्रकाशित मितिः माघ 27, 2075
  • रोयाण्टर मण्डल
  • 1184 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा), २७ माघ / खेतमा घरेलु मल, घरेलु किटनाशक भन्दा रसायनिक मल , आधुनिक किटनाशक औषधि अत्यधिक प्रयोग बढेकोले वतावरण नै प्रतिकुल हुदै आएकोले सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा  प्रमुख अतिथि रामऔतार यादबले चिन्ता व्यक्त गर्नुभयो ।

आज आईतवार रिसर्च इन्क्लेब प्रा.लि. संखमूल काठाण्डौ सहकार्य सुखीपुर नगरपालिकाका आयोजनामा सुखीपुर नगरपालिकाको वडा नम्बर ८ मा भएको जनप्रतिनिधी , कर्मचारी, शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाहरु लागि नगरपालिका स्तरीय १ दिने जलवायु परिवर्तन तथा वातावरण अनुकुलन कार्यक्रममा यस्तो उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

हिमालमा हिउँ कम हुँदै गएको छ, तापक्रम बढ्दै छन् । नगर पनि जलवायु परिर्वतनको असरले भूमिगत पानीका स्रोत सुक्दै गएको र एउटै नगरमा फरक फरक वर्षा हुने भएकोले सबै सरोकारबलाहरुले यस प्रति चासो लिनुपर्छ । खेतमा किटनाशक औषधि भन्दा खेतको वरिपरी सयपत्री फूलहरु लगाए दिएपछि किराको प्रकोप कम हुने । रसायनिक मल भन्दा घरेलु मल प्रयोग गर्दा बतावरण अनुकुल हुन सक्ने , हामीले प्रयोग गरेको प्लाष्टिक प्रयोग गरेपछि व्यवस्थापन गर्नु पर्छ नत्र खेतको उत्पादनमा समेत कमी आउने उहाँले भन्नुभयो ।

वतावरणलाई नै प्रतिकुल हुदै आएकोले विगतमा राम्रो उत्पादन दिइ रहेको दलहन र मास जस्ता कोषेबाली लोपभइ सकेको र गहु र धान बालीको उत्पादनमा हस आएको फलफुलहरु निर्धारित सयम भन्दा पनि फरक समयमा फुल्न थालेको, कोदो लोप हुने अवस्था उत्पादनमा पनि कमी आएको, रोग किराको प्रकोप बढेको कार्यक्रमका सहभागीहरुले दुखेसो पोख्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६