साना साना भाई बहिनीहरुलाई अक्षराम्भ गर्ने कार्यक्रमगरी सरस्वती पुजा मनाईदै श्री पंचमी विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइदै

  • प्रकाशित मितिः माघ 27, 2075
  • रोयाण्टर मण्डल
  • 153 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर स्थित रहेको एप मन्टेश्वरी स्कुलले नि : शुल्क भर्ना लगायतका सुविधा दिइ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताको पुजा, भक्ती अनि आरधना गराउदै साना साना भाई बहिनीहरुलाई अक्षराम्भ गर्ने कार्यक्रमगरी सरस्वती पुजा मनाईदै छ ।

विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी हिन्दु नेपालीहरुले आज सरस्वती पूजा मनाउदै छन् । बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन सुरु गरिन्छ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ ।

विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् । सूर्य उत्तरतिर लागि दिन लामा हुनेर बसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई बसन्तपञ्चमी पनि भन्ने गरिन्छ ।

आजबाट शिशीर ऋतुको समाप्ति र वसन्त ऋृतुको सुरुवात हुने गर्दछ । हिन्दुधर्मालम्वीका साथै बौद्ध धर्मालम्बीहरुले पनि विद्याधका प्रतीक मञ्जुश्रीको पुजाआरधना गर्ने चलन छ ।

आजै सिरहाको सुखीपुर रहेका सामुदायिक तथा निजी विद्यालय लगायत देशभरमा श्रीपञ्चमीको अवसर पारेर बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ ।

विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गर्दैछ अनि गणेश, विष्णु, शिव अनि सूर्यको अर्चना गरिँदै सरस्वतीको उपासना गरिन्छ । बिशेष गरेर बिधालयहरुमा आझ बिभीन्न कार्यक्रमहरु गर्दै मिठा मिठा मिठाईहरु खाएर सरस्वती पुजा मनाईने चलन रहि आएको छ ।

विभिन्न रङ्गका तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ । सुखीपुरका जनता माध्यमिक विद्यालय, एप मन्टेश्वरी, मोहन एजुकेशन एकेडेमी, न्यू चिल्ड्रेन , आदर्श, शिशु ज्योती, श्रृजनशिल लगायतका देशभरका बिभिन्न सरस्वती पुजामा हरूमा आझ बिशेष भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६