नशा मुक्त नगर घोषणा गर्ने गराउने उदेश्यले नगर स्तरीय वक्तृृत्वकला प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः माघ 25, 2075
  • रोयाण्टर मण्डल
  • 233 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा), २५ माघ / सिरहा सुखीपुर नगरपालिकालाई नशा मुक्त नगर घोषणा गर्ने गराउने उदेश्यले नगर स्तरीय वक्तृृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
नशा मुक्त नगर स्वस्थ नगर– सुखीपुर नगरपालिकाको पहिचान, भ्रष्टाचार मुक्त नगर समृद्ध नगर–नगर सुधार समितिको अभियान भन्ने मुलनारा तय गरि नशा मुक्त नगर स्वस्थ नगर शीर्षकमा विहीवार वक्तृृत्वकला प्रतियोगिता कार्यक्रम भएको छ ।


नगर सुधार समिति न.पा सुखीपुर, सिरहाको आयोजनामा सुखीपुर नगरपालिका २ स्थित राम जानकी माध्यमिक प्राविधिक विद्यालय छजनामा आयोजित वक्तृृत्वकला प्रतियोगितामा प्रथम स्थान राम जानकी माध्यमिक प्राविधिक विद्यालय छजनाका छात्र विबेक दास , दोस्रो स्थान २ जना श्री जनता माध्यमिक विद्यालय दहिपौडीका छात्रा अंजली यादब र राम जानकी माध्यमिक प्राविधिक विद्यालय छजनाका छात्रा गरिमा पुष्म यादब , तेस्रो स्थान श्री जनता माध्यमिक विद्यालय दहिपौडीका छात्र देबेन्द्र मोची, चौथो स्थान मोहन एकेडीमी स्कुल सुखीपुरका छात्र संजय कुमार दास, पाँचौं स्थान मोहन एकेडीमी स्कुल सुखीपुरका छात्रा आरती कुमारी यादब, छैठौ स्थान २ जना सृजनशील विद्याआश्रम सुखीपुरका छात्रा अर्चना यादब र रजै जनक माध्यमिक विद्यालय बल्हीका छात्रा ममता कुमारी यादब , सातौ स्थान २ जना जनता माध्यमिक विद्यालय मोहनपुर कमलपुरका छात्रा गरिमा यादब र जनता चेथरु जितन माध्यमिक विद्यालय कविलासीका छात्रा राखी कुमारी यादब , आठौं स्थान जनता माध्यमिक विद्यालय सुखीपुरका छात्र धनिराम महतो, नबौं स्थान जनता माध्यमिक विद्यालय मोहनपुर कमलपुरका छात्र मंदिप यादब, दशौं स्थान जनता माध्यमिक विद्यालय सुखीपुरका छात्रा खुश्बु गोसाई, एघारौ स्थान जनता चेथरु जितन माध्यमिक विद्यालय कविलासीका छात्र अभिशेष यादब, बाह्रांै स्थान रजै जनक माध्यमिक विद्यालय बल्हीका छात्र शिब शंकर राय, तेहौ सृजनशील विद्याआश्रम सुखीपुरका छात्र विशाल दास रहेको निर्णायक समितिका सदस्य शिक्षक राम उदगार साहले बताउनुभयो ।

Image may contain: 7 people, people standing


कार्यक्रमको प्रमुख अतिथि २ नम्बर प्रदेश सभाका सदस्य मदन सेन प्रसाद श्रीवास्तव, विशिष्ट अतिथि राम जानकी माध्यमिक प्राविधिक विद्यालयका छजनाका प्रधानअध्यापक राम प्रताप यादब र राम जानकी माध्यमिक प्राविधिक विद्यालयका छजनाका पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम चन्द्र यादब, सुखीपुर व्यपार समिति सुखीपुरका अध्यक्ष शत्रुधन प्रसाद चौधरी, जनता माध्यमिक विद्यालय सुखीपुरका पुर्व प्रधान अध्यापक राम चरित्र ठाकुर, जनता चेथरु जितन माध्यमिक विद्यालय कविलाशीका शिक्षक रामकृपाल ठाकुर, सुखीपुर नगरपालिका वडा नम्बर २ का सदस्य सीताशरण दास र निर्णयक समितिका सदस्य राम उदगार साहले आफनो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर सुधार समिति न.पा सुखीपुर, सिरहाका अध्यक्ष वी.पी भुवन यादब, उदघोषण अशोक यादब, स्वागत मन्तव्य शिक्षक मजिद अन्सारीले गर्नुभएको थियो ।

Image may contain: 3 people, people standing

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६