सिरहामा बस दुर्घटना, १० जना घाइते ना ४ ख ६२७ नम्बरको बस जिरो माइल सडक खण्डमा दुर्घटनामा परेको हो

  • प्रकाशित मितिः माघ 24, 2075
  • रोयाण्टर मण्डल
  • 886 पटक पढिएको

मुकेश यादव
बरियारपट्टी / सिरहा जिल्लाको बरियारपट्टी बाट जिरोमाईल सडक खन्ड स्थिति धनगढीमाई नगरपालिका ४ जयपुरमा आज बिहीबार बस दुर्घटनामा पर्दा १० जना घाइते भएका छन् । ना ४ ख ६२७ नम्बरको माँ दुुर्गा भगवती बस जिरो माइल सडक खण्डमा दुर्घटनामा परेको हो ।


दिउँसो करिब साढे १ बजेतिर भएको दुर्घटनामा परी घाइते हुनेमा मुसहरनियाकी पवित्री महरा, मल्हानियाका उर्मिलादेवी राम, तारादेवी राम, दुखिनीदेवी राम, रन्जीतकुमार राम, सन्तोष कुमार राम, मीनादेवी राम, महावती राम, खजनपुरका लक्ष्मण दासलगायत छन् ।

तेमध्ये उर्मिला र रन्जीतको अवस्था गम्भीर छ । उनीहरुको टाउको फुटेको प्रहरीले जनाएको छ । घाइते सबैको जिरो माइलस्थित महाबुद्ध हस्पिटलमा उपचार भइरहेको छ । ४० जना सवार बस स्टेरिङ फेल भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा नष्ट

रोयाण्टर मण्डललहान / प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार लहान नगरपालि

योगदानलाई नेपाली कांग्रेस नबिर्सिने : उपसभापति नीधि

राजन कुमार सिंह जनकपुर / २००७ सालदेखि नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय क्रियाशिल सदस्

नापी शाखा कार्यालय घर खाली गर्न अल्टीमेटम

नेहाल खान बिरगंज / विर्ता वडा नं.४ स्थीत रहेको श्यामबाबु पटेल की श्रमिती सिमा पटेलको नाउमा रहेको घरमा नापी

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६