लागुऔषधसहित चार युवक पक्राउ प्रहरी नियन्त्रणमा रहेका माथि थप अनुसन्धान भइरहेको

  • प्रकाशित मितिः माघ 23, 2075
  • रोयाण्टर मण्डल
  • 369 पटक पढिएको


रोयाण्टर मण्डल

सिरहा / प्रहरीले मंगलवार सिरहामा लागुऔषधसहित चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा १ का २१ वर्षीय गणेश पासमान, सोही ठाउँका १८ वर्षीय राजेश पासमान, धनुषाको जनकनन्दनी गाउँपालिका २ का १९ वर्षीय बबलुकुमार यादव र उदयपुरको कटारी नगरपालिका ४ का ३४ वर्षीय बाबा तामाङ रहेका रहेको छ ।

भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका चार जना युवकलाई छुटाछुटै स्थानबाट मंगलबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सामान जाँचका क्रममा उनीहरुको साथबाट स ९ प ५४३१ नम्बरको पल्सर मोटरसाइकल , फेनारगन १९९ एम्पुल, डाइजिल्याब १९९ एम्पुल, नुफिन २०० एम्पुल, १४ पिस नाइट्रोभेट ट्याब्लेट बरामद गरिएको छ । प्रहरी नियन्त्रणमा रहेका माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा डिसपी माधब राज खरेलले जानकारी दिनुभयो ।

त्यस्तै सोमबार , लागू औषध सहित सिरहामा २ जना पक्राउ परेको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलिले जिल्ला सिरहा गोलबजार वडा नम्बर ८ बस्ने बर्ष २२ का दिपेन्द्र यादब , जिल्ला उदयपुर कटारी नगरपालिका वडा नम्बर १ बस्ने २५ बर्षीय गोकर्णलाई नरहा गाउँपालिका वडा नम्बर ३ नयाँ चौहर्वा सडक खण्डमा चेकजाचका क्रममा प्रहरीले पक्राउ परेको थियो ।

प्रहरी टोलीले उनीहरु चढेको स २ प ४४७९ नम्बर मोटर साईकल सहित उनीहरुसाथबाट नाईट्रोसुन २० चक्की, पेन्टालाब २१ ट्याब्लेटस,टिडी जेसीक लुफिजेसिक ७ थानडाईजोपान ७ थान,रानाको साथबाट कोरेक्स १ सय एमएलको १ बोतल,स्पास्मो प्रोक्सिबन ५६ क्याप्सुल, Pentalab –२१ एम्पुल र Codeine Phosphate And Cholorpheniramine Maleate Syrup DAILEX-DC– ९१ बोतल बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान&rdq

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६