शिवम् बचत तथा ऋण सहकारी संस्था सुखीपुरको चौथो सधारण सभा २ करोड ६ लाख ४० हजार कारोबार गर्न सफल

  • प्रकाशित मितिः माघ 22, 2075
  • रोयाण्टर मण्डल
  • 320 पटक पढिएको

डि.एन. यादव
सिरहा / सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ मा रहेको शिवम् बचत तथा ऋण सहकारी संस्थाको आज चौथो सधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष संजित यादबको सभापतित्वमा भएको सधारण सभाका प्रमुख अथिती जिल्ला बचत तथा ऋण सहकारी सघं सिरहाका अध्यक्ष संजय कुमार महतो रहनु भएको थियो ।

कार्यक्रममा बिशिष्ट अथिती सुखीपुर उद्योग ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरी, नगर सुधार समितिका अध्यक्ष भुवन यादव र नेपाल पत्रकार महासंघ सिरहा शाखाको सचिब रोयाण्टर मण्डल रहनु भएको थियो ।

संस्थाका उपााध्यक्ष सोन्फी यादबको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष संजित यादब , सचिब सतेन्द्र प्रसाद यादब, निर्धन उथान विकास बैंक सुखीपुर शाखाका प्रबन्धक ओम प्रकाश साह लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाका कोषाध्यक्ष मिना देवी यादबले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा कार्यक्रममा आर्थिक वर्ष २०७४/२०७५   २ करोड ६ लाख ४० हजार कारोबार गर्न सफल भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान&rdq

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६