डेढ वर्षअघिको बाढीमा प्रभावित परिवारलाई राहत वितरण राहत पीडित परिवारका लागि भएकाले वास्तविक पीडितले मात्र राहत पाउनुपर्ने

  • प्रकाशित मितिः माघ 16, 2075
  • रोयाण्टर मण्डल
  • 236 पटक पढिएको

सरोज कुमार पासमान
कर्जन्हा / जिल्लाका विभिन्न ठाउँमा करिब डेढ वर्षअघिको बाढीमा प्रभावित परिवारलाई राहत स्वरुप घरायसी प्रयोजनका सामग्री कर्जन्हा, सुखीपुर, सखुवानन्कारकट्टी , नवराजपुर लगायतका स्थानीय निकायका बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ ।
कर्जन्हा नगरपालिकामा नगर प्रमुख गंगा पासमानको अध्यक्षतामा गैर्ह खाद्यय सामाग्री आज बुधवार वितरण गरिएको छ । २०७४ सालको बाढी पिडित परिवारहरुलाई यू, एन, डि, पी को सहयोगमा गैर्ह खाद्यय सामाग्री वितरण गरिको सिरहा रेडक्रसले जानकारी दिएको हो ।

सिरहा रेडक्रस सोसाइटिका मन्त्री राजदेव यादवले भने, २०७४ मा आएको बाढीमा ४ हजार वादी पिडित सिरहामा रहे पनि यस नगरपालिकामा जिल्लाकै सबै भन्दा थोरै पिडित रहेको छ । कमबल ३ थान, सुपानेट झुल २ थान, पानी फिल्टर १ थान, बाल्टिन १ थान, सल २ थान, फलामको चुलो १ थान र दरि १ थान गरि विभिन्न सामाग्रीहरु वितरण गरिएको यादवले जानकारी दिए । दिलैभए पनि आफुहरु राहत पाउँदा निकै खुसि भएको कर्जन्हा ४ का श्रीचन दासले बताए । हामी लामो समय देखि यसको पर्खाइमा थियौ बल्ल पाएपछि केही राहत हुने कर्जन्हा ७ कि पानो देवीले बताइन् ।
राहत पीडित परिवारका लागि भएकाले वास्तविक पीडितले मात्र राहत पाउनुपर्ने सिरहा जिल्लाका समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरले बताए ।


प्रसाद जस्तो राहत वाडेर समस्या समाधान नहुने कर्जन्हाका मेयर गंगा पासमानले बताए । २०७४ सालमा आएको वादीको राहत २०७५ सालमा बाडिनु दुख्द भएको बताए । कर्जन्हा नगरपालिकाको वडा नम्बर ७ र ८ वादीको मुख्य जोखिममा भए पनि अन्य केही वाडाहरु समेत यसको सिकार रहेको बताए । ११ वडामा ३६ वटा बादी पीडितहरुको लागि मात्र राहत आउनु पनि दुख्त कुरा रहेको छ । कर्जन्हा नगरपालिकाले अब नगरपालिका बाटै समयमै राहत पाउने वातावरणमा रहेको हुँदा अबका दिनमा राहतका लागि धेरै कुर्नु नपर्ने मेयर पासमानले जानकारी दिए ।


त्यस्तै, सोमबार जिल्लाका विभिन्न ठाउँमा करिब डेढ वर्षअघिको बाढीमा प्रभावित परिवारलाई राहत स्वरुप घरायसी प्रयोजनका सामग्री सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादब प्रमुख आतिथ्यमा वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिरहाले चीन सरकारको सहयोगमा संयुक्त राष्ट्र संघीय विकास कोषमार्फत् प्राप्त सात किसिमका घरायसी प्रयोजनका सामग्री बाढी प्रभावितहरुलाई वितरण गरेको हो ।
सिरहा रेडक्रसले सोमबार सिरहाको सुखीपुर नगरपालिका क्षेत्रका बाढी प्रभावित २० परिवारलाई राहत सामग्री वितरण गरिएको ईलाका प्रहरी कार्यालय सुखीपुरका सई चन्द्र नरायण यादबले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६