कानुन हातमा लिने परिपाटी २ नम्बर प्रदेशमा शुरु प्रदेश २ मा राष्ट्रपतिले हस्तक्षेप नगरे अभिशाप : डा.अहिराज

  • प्रकाशित मितिः माघ 1, 2075
  • 132 पटक पढिएको

काठमाडौं । राजनीतिक विश्लेषक डा. राजेश अहिराजले प्रदेश नम्बर २ मा राष्ट्रपतिले हस्तक्षेप नगरे अभिशाप हुने तर्क गरेका छन्।

रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम ‘मूलप्रवाह’ सँग कुराकानी गर्दै अहिराजले ुराष्ट्रपतिले समयमै हस्तक्षेप नगरे प्रदेश नम्बर २ नेपालको लागि अभिशाप हुनेु चेतावनी दिए। ‘यदि बेलैमा राष्ट्रपतिले हस्तक्षेप नगर्ने हो भने प्रदेश २ नेपालका लागि सधैं दीर्घरोग हुनेछ’, उनले भने।

अहिराजले मधेसमा सञ्चार माध्यममा आएका भन्दा पनि दशौँ गुणा बढी भ्रष्टाचार प्रदेशमा भएको दावी गरे। ुबन्दै नबनेको पुल बनिसक्यो भन्ने, बन्दै नबनेको इनार बनिसक्यो भन्ने, रोप्दै नरोपेको रुखको वृक्षारोपण गरेको भनेर बजेट निकासा गर्ने लयायत थुप्रै भ्रष्टाचार भएका छन्।

प्रदेशका मन्त्रीहरूले कानुन हात लिँदा पनि मुख्यमन्त्री लालबाबु राउतले हस्तक्षेप नगरेको अहिराजले बताए। आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्दा समेत मुख्यमन्त्री राउत चुप बसेको उनको आरोप छ। समयमै हस्तक्षेप सुरु नहुने हो भने मधेसमा नयाँ प्रकरण सुरु हुने चेतावनी उनले दिए।

आज मन्त्रीले कर्मचारी पिट्छन, भोलि कुनै मन्त्रीले पत्रकार कुटछन्’, मन्त्री र कर्मचारीबीच विश्वासको वातावरण नबनेकाले कानुन हातमा लिने परिपाटी सुरु भएको उनको तर्क छ। (स्रोच स् अन्नपूर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेश २ सरकारको समिक्षा गर्न राजपा नेपालको बैठक जनकपुरमा

राजन सिंहजनकपुर / राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक जनकपुरमा सुरु भएको छ । प्

अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा नष्ट

रोयाण्टर मण्डललहान / प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार लहान नगरपालि

योगदानलाई नेपाली कांग्रेस नबिर्सिने : उपसभापति नीधि

राजन कुमार सिंह जनकपुर / २००७ सालदेखि नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय क्रियाशिल सदस्

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६