रैथाने चराचुरुंगीको संरक्षण अभाब रैथाने जातको भंगेरा ,मैना, सुगा, कोइली, ढोढे कोयली लगायतका ५ सय भन्दा बढि चरा संरक्षण अभाब

  • प्रकाशित मितिः माघ 1, 2075
  • 116 पटक पढिएको

डि.एन. यादब
सिरहा / सिरहाको लहान नगरपालिका वडा नम्बर १८ भदैया स्थित खुदिभखारी मन्दिरको वन क्षेत्रमा वर्षैादेखि वास स्थान बनाएका तिनवटा संरक्षित सहित २६ प्रजातिका रैथाने चराचुरुंगीको अहिले सम्म संरक्षण हुन सकेको छैन् ।
सय वर्ष भन्दा अघिको अग्ला सिमल, साल र जामुनका रुखहरु रहेको कबि ११ कठ्ठा
वन क्षेत्रमा ति प्रजातिका चराचुरुंगी बिहानै विचरणका लागि बाहिर जाने र साझ परेपछि वास बस्नका लागि पुःन फर्कि आउने गरेको भदैयाका स्थानियवासी बिष्णुदेव चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो– खुदिभखारी वनमा रहेका ति चराहरु सिरहाकै चुरे क्षेत्र नजिक रहेको सिमसार क्षेत्र सरस्वती दह,र मानिक दहमा चर्न जाने गरेका छन ।
स्थानियवासीका अनुसार, संरक्षित सुचिमा परेको सेतो सारस, कालो सारस,गरुड, तथा रैथाने जातको भंगेरा ,मैना, सुगा, कोइली, ढोढे कोयली लगायतका ५ सय भन्दा बढि चराहरुको सोे जंगलमा वासस्थान रहेको छ ।
संरक्षणको अभावमा उतm वन क्षेत्रभित्र सारस, गरुड र अन्य पंक्षि मरेको भेटिन थालेपछि स्थानियवासिन्दाले केहि वर्षदेखि चराचुरुंगीहरुको संरक्षण व्यवस्थापन समिती गठन गरेका थिए । वन क्षेत्रमा कसैले विषादी नदिओस र सिकारीहरुले चरा नमारोस भन्ने उदेश्यले समितिको सक्रियतामा गाउँका प्रत्येक घरबाट पालैपालो हेरचाह गर्ने परिपाटी बसेको छ ।
मन्दिर रहेकाले वन क्षेत्र जोकोहिको लागि खुल्ला, स्रोत साधनको अभावको कारण स्थानियबासिन्दाले मात्र संरक्षण गर्न सम्भव नभएकाले सरकारी निकायलाई समेत ध्यानाकर्षण गराई दिनुहुन आग्रह गरे ।
नेपालभरी पाइने जम्मा नौ प्रजातिका पंक्षिलाई संरक्षित सुचिमा राखिएको र त्यसमध्ये सेतो सारस, कालो सारस र गरुड गरि तिन प्रजातिका पंक्षि एउटै वासस्थानमा हुनु दुर्लभ र संयोग नै हो वातावरण विद दिनेश यादबले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६