सचिव झाको मेन्टल डिस्अर्डर : मन्त्री यादब थप्पड प्रकरण ! - 'सचिव झालाई ईलाजको जरुरी छ' : मन्त्री यादव

  • प्रकाशित मितिः पुष 30, 2075
  • 239 पटक पढिएको

जनकपुरधाम / आईतबार प्रदेश नं. २ मा भएको सचिव उपर मन्त्रीको थप्पड प्रकरणमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव झालाई ईलाजको आवयश्कता रहेको बताएका छन् ।

 

आईतबार दिउँसो प्रदेश नं. २ को वन मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले थप्पड हानेको भन्दै सचिव झाले उनलाई अभद्र गालीगलौज गरेको भिडियो समेत सार्वजनिक भएपछि मन्त्री यादवले उनलाई उपचारको आवश्कता रहेको बताएका छन् ।

 

सोमबार साँझ कुराकानी गर्दै अर्थमन्त्री यादवले भने, मलाई लाग्छ सचिव झाको मेन्टल डिस्अर्डर छ , देशको नागरिक तथा राष्ट्रसेवक कर्मचारी भएकोले पनि उनलाई प्रदेश सरकारले तत्काल उपचार गराउनुपर्छ । आईतबार भएको घटनामा उनको प्रतिक्रिया देख्दा सचिव झा समान्य नभएको जस्तो लाग्यो । उनलाई ईलाजको जरुरी छ ।

 

उक्त घटनामा सचिव झाले नै मन्त्री यादव उपर दुव्र्यवहार गरेको प्रत्यदर्शी प्रदेश नं. २ का सभामुख सरोज यादवले प्रतिक्रिया समेत दिएका छन् । मन्त्री यादवले समेत सचिव झालाई आफू कुनै प्रकारको त्यस्तो व्यवहार नगरेको दाबी गर्दै आएका छन् ।

 

मन्त्री यादवले भने, ( ूकत्तै न कत्तै संघीयतालाई फेल गर्नको लागि यस्ता षडयन्त्रहरु रचिदैछ प्रदेश २ को सरकार उपर । भनाभन भएपछि नै केही मिनटमै केही पत्रकारहरुको समूह नै आउनु भनेपछि यी घटना सुनुयोजित जस्तो देखिएकोले संघीयता फेल गर्न षडयन्त्र भएको हुनुपर्छ । कार्यालयमा हल्ला भएको दुई मिनेटमै कसरी र कहाँबाट आए त्यतिका पत्रकारहरु रु शंका त त्यहाँ उब्जिएको छ । तर, सचिव विद्यानाथ झालाई चैँ उपचारको जरुरी छ ।


यसअघि पनि सचिव झाको विगतका व्यवहारहरुलाई मध्यनजर गर्दै मन्त्री यादवले उनलाई प्रदेश सरकारले नै उपचार गराउनुपर्ने बताएका छन् । छानबिन समिति गठन भएपछि यस प्रकरण बारे छानबिनको निष्कर्ष निकाल्ने मन्त्री यादवले थपे । (स्रोत : न्यूज ब्यूरो )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६