आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै अर्थमन्त्री यादवले आफूमाथि कुटपिट गरे : सचिव झा आफ्नो कार्यकक्षमै बोलाएर मन्त्री यादवले झापड हाने

  • प्रकाशित मितिः पुष 29, 2075
  • 125 पटक पढिएको

शैलेन्द्र क्रान्ति
जनकपुरधाम,पुस २९ गते ।आफुले भनेको एनजिओलाई कार्यक्रम नपारेको भन्दै प्रदेश २ का आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले सचिवलाई झापड हानेका छन् । प्रदेश २ उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई आईतवार दिउँसो ३ बजे आफ्नो कार्यकक्षमै बोलाएर मन्त्री यादवले झापड हानेका हुन् ।

आफु अनुकुलको एनजिओलाई आयोजना नपारेको भन्दै झापड प्रहार गरी दुव्र्यवहार गरेको सचिव झाले दुखेसो पोख्नुभयो । सचिवलाई झापड हानेपछि कर्मचारीहरु बाहिर धर्ना दिएका छन् भने कुटिएका सचिवलाई उल्टै मन्त्री यादवको निर्देशनमा प्रहरीले पक्राउ गरेका छन् । मन्त्री यादव संघीय समाजवादी फोरमबाट प्रदेश २ सरकारमा मन्त्री भएका छन् ।
क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएको मध्ये ४० वटा संस्था छनोट भएको छ । (स्रोत – टुडेपाटी)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६