सुखीपुरमा रक्तदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः पुष 24, 2075
  • रोयाण्टर मण्डल
  • 315 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा, २४ पुस / सुखीपुर नगरपालिकाको सहयोग नयाँ नेपाल एकिकृत विकास केन्द्र सुखीपुरको आयोजनामा बृहत रक्तदान कार्यक्रम आज मंगलवार सम्पन्न भएको छ ।

सुखीपुर नगरपालिका भएपछि पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा देशमा कोही पनि रक्त अभावले मृत्यु नहोस् मुख्य उद्देश्यले सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकी बृहत रक्तदान कार्यक्रम गरिएको हो ।

रक्त सञ्चार सेवा लहानको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको छ । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।

Image may contain: 2 people

 

रक्तदान गर्नेमा ३४ जना पुरुष र १ महिला रहेका छन । सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादबकोे प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सभापतित्व रक्तदान कार्यक्रम आयोजक नयाँ नेपाल एकिकृत विकास केन्द्र सुखीपुरको अध्यक्ष रोयाण्टर मण्डलले गर्नुभएको थियो ।

कार्यक्रममा सम्पूर्ण रक्तदाताहरुलाई रक्तदान पश्चात जुस, फलफूल, पानी प्रदान गरिएको थियो ।

Image may contain: 4 people, people sitting

Image may contain: 1 person, sitting

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६