नवराजपुरका आगलागी पिडितलाई राहत वितरण

  • प्रकाशित मितिः पुष 23, 2075
  • रोयाण्टर मण्डल
  • 615 पटक पढिएको

रोयाण्टर मण्डल


सिरहा, २३ पुस / सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ गोरुवाहामा गत राती भएको आगलागीवाट भएका पिडितहरुलाई नवराजपुर गाउँपालिकाले १२ घण्टा नवित्दै राहत वितरण गरिएको छ ।


आगलागी खबर पाएपछि आज सोमबार बिहानै अध्यक्ष विषमोहन यादव, उपाध्यक्ष शोभा कुमारी यादव, वडा अध्यक्ष र सचिव लगायतको टोली आगलागी पिडितका घरमै पुगी प्रति परिवार दुई दुई थान कम्बल र त्रिपाल वितरण गरिएको नवराजपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नागेश्वर प्रसाद पटेलले बताउनुभयो ।


सोमबार राति रामेश्वर यादवको गोरु घरमा रहेको घुरबाट आगलागी हुँदा गोरु २ थान, भैसी १ थान, भैसीको बच्चा १ थान, बाख्रा २ थान, धान ५० मन र लाता कपडा पूर्णरूपमा नष्ट भएका छन् भने छिमेकी विन्देश्वर यादवको गोरु घर पनि जलेर खरानी भएको छ ।


पिडितहरुको समस्या वुझी तत्काल थोरै राहतले सहयोग पुग्ने विश्वासमा सो राहत वितरण गरिएको अध्यक्ष यादबले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६