लहान अस्पताललाई सुविधायुक्त बनाइने उपेन्द्र यादवले आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण

  • प्रकाशित मितिः पुष 12, 2075
  • गोरखापत्र / रासस
  • 191 पटक पढिएको

लहान, पुस १२ गते / उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गर्नुभयो ।

बिहान ८ बजेतिर अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षणपश्चात् अस्पताल व्यवस्थापनलाई निर्देशन दिनुहुँदै अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको अस्पताल बनाउने घोषणा गर्नुभयो ।

अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिट्टै पठाउने आश्वास दिनुहुँदै अब श्ययाका आधारमा नभई तहका आधारमा अस्पताललाई वर्गीकरण गरिने जानकारी दिनुभयो । अब अस्पतालहरू ‘प्राइमरी’, ‘सेकेण्डरी’ र ‘ट्रोसियल’ गरी तीन तहमा वर्गीकरण गरी सोही अनुसारको अस्पतालहरूको विस्तार गरिने उहाँको कथन थियो । अस्पतालमा देखिएका कमीकमजोरीलाई तत्काल सुधार गरी जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उहाँले अस्पताल प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।

अस्पताल निरीक्षणका क्रममा अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले अस्पतालको अवस्था र जनशक्तिबारे उपप्रधानमन्त्री यादवलाई जानकारी गराउनुभयो ।

यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले आजै बिहान लहान नगरपालिका–३ मा स्थापना हुने बाल अस्पताल जग्गाको समेत स्थलगत निरीक्षण गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अत्यधिक गर्मिका कारण जनजिवन कष्टकर, दुई वालिका मुर्छित

राम पुकार यादवबिष्णुपुर । सिरहा लगायत मधेशमा यत्तिबेला प्रचण्ड गर्मी बढेको छ । आज अत्यधिक तापक्रमकै कारण

‘सुखी नगर हाम्रो पहिचान, सुखी नगर सुखीको अभियान’

रोयाण्टर मण्डल, हरिपति लाल कर्ण , कृष्ण मोहन चौधरीसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको तेस्रो नगर सभा नगर प

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६