विद्युत महशुल बुझाउन सुखीपुरमा प्रशाखा कार्यालयको उद्घाटन जनकपुर क्षेत्रिय कार्यालयका प्रमुख ओम प्रकाश महतो उद्घाटन

  • प्रकाशित मितिः पुष 11, 2075
  • रोयाण्टर मण्डल
  • 313 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा विद्युत महशुल काउन्टरको उद्घाटन गरिएको छ । सुखीपुर आसपास गाउँका बासिन्दालाई विद्युत महशुल बुझाउन सहजताको लागि कम्प्युटर विलिङ्ग संकलन प्रशाखा कार्यालय मंगलवार उद्घाटन गरिएको हो ।
विद्युत महशुल काउन्टर नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय जनकपुर क्षेत्रिय कार्यालयका प्रमुख ओम प्रकाश महतो उद्घाटन गरेका हुन् ।

उद्घाटनका कार्यक्रमका प्रमुख अतिथी समेत रहेको महतोले स्थानीय सरकार भएपछि राज्यको अवधारण अनुरुप नै सबै किसिमका जनताले पाउने पर्ने सेवा स्थानीय स्तरबाट पाउने जानकारी दिनुभयो । उहाँले क्रमिक रुपमा अन्य सेवा सुविधाका लागि पनि शाखा विस्तार गर्दै लैजाने जानकारी दिदै सुखीपुरमा सव स्टेशनका लागि प्रस्तावना अगाडी बढाई सकेकोले केही दिनमै सव स्टेशन पनि सुखीपुरमा स्थापना हुने प्रतिवद्धता गर्नुभयोे ।

विद्युत चोरी राम्रो कुरो होईन् तर चोरी कै कारण भोरटेजमा कमी आउने लगायत समस्या रहेकोले त्यस्ता समस्यालाई यथास्रिघ समाधान गर्नु जरुरी देखिन्छन् तर विद्युत प्राधिकरणका कर्मचारीहरुले पनि सेवाग्राहीलाई मिटर लिने फारम भरेको महिनौ भएता पनि मिटर उपलब्ध हुदैन् तर घुस दिएपछि तुरुन्तै उपलब्ध गराउने गरेको आरोप सिरहा क्षेत्र नम्बर २ ख का प्रदेश नम्बर २ का प्रदेश सभाका सदस्य मदन शेन श्रीवास्तवले  आरोप  लगाउनुभयो ।

सुखीपुरमा पनि सव स्टेशनको लागि जग्गाको ब्यवस्था गर्नुपर्छ । अहिले विना विद्युत विकास असम्भव रहेको छ किनभने पहिले तुलनामा अहिले विद्युतले नै किसानको खेतको उब्जा बढाएको छ । उद्योग ब्यवसायीहरु समेत  उधोग  संचालनमा विशेष भुमिका रहेको छ । जुन गाउँ शहरमा विद्युत छैन भने सब थोक भएता पनि विकास अधुरो मान्न सकिन्छन् तर जुन गाउँमा विद्युतको पहुच छ त्यहाँ उद्योग , कृषि लगायतका सब थोक प्रगतिको बाटो हिड्ने गरेका छन् । सुखीपुरको हरेक गाउँ र खेतमा समेत विद्युत पुयाउने लक्ष्य सहितको बजेट विनियोजन भएको छ । यस नगरपालिकाको १० वटै वडाका लागि ३४ वटा योजना नेपाल विद्युत प्राविधिकरण लहान शाखाका प्रमुखलाई बुझाई सकेका छौ । सोही योजना कार्यका लागि २ करोड ३० लाख रुपैयाँ नगरपालिका बाट बुझाए दिएको छु । मलाई विश्वास छ यो बजेटले अधिकाशं जनता लम्भावित हुनेछन् । सुखीपुर नगरपालिकामा रहेको बजार क्षेत्र तथा १० मिटरको सडकमा दुवै तर्फबाट विद्युत पोेल लगाई विद्युत जडान गर्न नगरपालिकाले आवश्यक रकम उपलब्ध गराउने सो काम पनि लहान शाखाले गरिदिनुपर्ने सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादबले आग्रह गर्नुभयो ।

त्यसैगरी, राजापा नेपालका सिरहाका अध्यक्ष राम बहादुर महतोले सुखीपुर नगरपालिकामा विद्युतवाट धेरै दुर्घटना हुन सक्नेछन् । नमुना सडकमा गाडीको हुड विद्युत तारमा छुने भएकोले करेट लागेर ठुलो दुर्घटना हुन सक्नेछन् । यसलाई तत्काललै ब्यवस्थित गर्नुपर्ने छ । सुखीपुरमा सव स्टेशनको एकदमै आवश्यकता रहेको छ । सिरहा जिल्लाको विच केन्द्र विन्दुमा रहेको सुखीपुरको शव स्टेशनले यहाँ ७ वटा स्थानीय सरकारलाई यसै शव स्टेशनवाट सेवा दिन सक्ने भएकोले शव स्टेशन स्थापना गर्नुपर्ने भन्नुभयो ।

सुखीपुरमा विलिङ्ग संकलन शाखाका लागि २०६३ साल देखि नै आफु प्रयास गरेका थिए । त्यो आज सफल भएकोमा म एकदमै खुशी भएको सुखीपुर उधोग ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीले बताउनुभयो ।

यो सुखीपुरमा सव स्टेशन बन्ने पवल सम्भावना रहेका छन् । आज आएको गुनासोले यर्थास्रिघ समाधान गर्नेछौ । सिरहा जिल्लाको उतरी भेग भन्दा दक्षिणी भेगमा विद्युत बढी चुहावत हुने गरेकोले कहीले काही सर्ट भई विद्युतमा समस्या आउने गर्छन् । विद्युत चुहावत रोकन सबैलाई पहल गरिदिन उद्घाटन कार्यक्रमका अध्यक्ष तथा विद्युत प्राधिकरण लहान शाखाका प्रमुख विष्णु यादवले सबैलाई आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रम उदघोषण नेपाल विद्युत प्राधिकरण लहान शाखाका स्टाेर प्रमख धनेश्वर यादव र स्वागत मनत्वय नारद थापाले गर्नुुभयो ।

विद्युत महशुलको पहिलो बिल
विद्युत महशुल काउन्टर नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय जनकपुर क्षेत्रिय कार्यालयका प्रमुख ओम प्रकाश महतोले कम्प्युटर विलिङ्ग संकलन प्रशाखा सुखीपुर कार्यालय उद्घाटन गरेपछि विद्युत महशुलको पहिलो बिल सुखीपुर नगरपालिकका नगर प्रमुख रामऔतार यादलले बुझाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६