कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प सुखीपुर नगरपालिकाको कार्यालय परिसरमा कालोपट्टी बाँधेर आफ्ना कार्यालयमा कलम बन्दगरी स्थानीय तहको कायकाज ठप्प

  • प्रकाशित मितिः पुष 3, 2075
  • रोयाण्टर मण्डल
  • 191 पटक पढिएको

सुखीपुर समाचारदाता
सुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज आज पनि ठप्प पारेका छन् । ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई विभेद गरेको निष्कर्ष निकाल्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका उनीहरुले आज मंगलवार सुखीपुर नगरपालिकाको कार्यालय परिसरमा कालोपट्टी बाँधेर आफ्ना कार्यालयमा कलम बन्दगरी स्थानीय तहको कायकाज ठप्प पारेका हुन ।


निजामती कर्मचारीहरुलाई दिईदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले सो अध्यादेश ल्याएपछि त्यसको विरोधमा सोमबार देखि नै देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी सयुक्त आन्दोलन सघर्ष समिति सुखीपुर नगरपालिकाका संयोजक विरदेव महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो – अध्यादेश संशोधन गरी आफूहरुलाई पनि निजामती कर्मचारी सरह सेवा र सुविधाको व्यवस्था गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशनसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छौ । सोही विरोध प्रर्दशनको कार्यक्रम अन्तरगत हिजो सोमबार पहिलो दिन कार्यालयको कामकाज ठप्प , आज दोस्रो दिन मंगलबार २ घण्टा कालोपट्टी बाँधेर आफ्ना कार्यालयमा कलम बन्द गरेका छौ ।


अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन । निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेशविरुद्ध आन्दोलनमा जान बाध्य हुनुपरेको सुखीपु्र नगरपालिकाका ईन्जिनियर डोमी यादबले दुखेसो पोख्नुभयो ।
उहाँले थप्दै भन्नुभयो – निजामती कर्मचारीहरुलाई अघि सारेर आफूहरुलाई विभेद नगर्न सरकारलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो पनि गरे । सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनको नाममा निजामती कर्मचारीहरुलाई मात्रै प्रोत्साहन गर्ने काम गरेकोमा आपत्ति छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘सुखी नगर हाम्रो पहिचान, सुखी नगर सुखीको अभियान’

रोयाण्टर मण्डल, हरिपति लाल कर्ण , कृष्ण मोहन चौधरीसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको तेस्रो नगर सभा नगर प

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६