अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना सुखीपुर नगरपालिकाकै मेन गेटमा धर्नामा

  • प्रकाशित मितिः पुष 2, 2075
  • रोयाण्टर मण्डल
  • 272 पटक पढिएको

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्मचारी संयुक्त आन्दोलन संषर्घ समिति सुखीपुर नगरपालिकाले पनि सुखीपुर नगरपालिकाकै मुल गेटमा धर्नामा बसेका छन् ।

निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्दा आफूहरूको श्रेणीमा मानमर्दन गरेको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् । उनीहरुले आज सोमबार देशभरका सबै स्थानीय तहको कायकाज ठप्प पारेका हुन ।


स्थानीय तह कर्मचारी संयुक्त आन्दोलन संषर्घ समिति सुखीपुर नगरपालिकाले सोमबार धर्नामा बसेर  निजामती कर्मचारीहरुलाई दिईदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले सो अध्यादेश ल्याएपछि त्यसको विरोधमा सोमबार सुखीपुर नगरपालिका लगायत देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी संयुक्त आन्दोलन संषर्घ समिति सुखीपुर नगरपालिकाका संयोजक विरदेव महतोले जानकारी दिए । 

 

नगरपालिकामा कार्यरत कर्मचारी (अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालक)लाई सम्मानित ढंगले स्तरवृद्धिसहित समायोजन गर्नुपर्ने माग गर्दै स्थानीय तह कर्मचारी संयुक्त आन्दोलन संषर्घ समिति सुखीपुर नगरपालिकाका संयोजक विरदेव महको दस्तखतमा प्रकाशित प्रेस विज्ञप्तीमा स्थानीय तह कर्मचारी संघ, नेपाल नगरपालिका कर्मचारी एसोसियसन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (स्थानीय तह) र स्थानीय कर्मचारी युनियन नेपालले घोषणा गरेको आन्दोलनकै तालिका अनुसार गर्ने उल्लेख रहेको छ ।

कर्मचारीले सोमबार सुखीपुर लगायत देशभरका स्थानीय तहका कार्यालय परिसरमै धर्ना दिने, मंगलरबार बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधी कलम बन्द गर्ने, बुधबार बिहान १० बजेदेखि दुई बजेसम्म सबै स्थानीय तहका कार्यालयमा कालोपट्टी बाँधेर कलम बन्द गर्ने र बिहीबारदेखि कार्यालय समयभर कालोपट्टी बाँधी कलम बन्द गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

संविधान संसोधन नगरे आफूहरु पुनः जनविद्रोहमा जाने : उपप्रधानमन्त्री यादव

फिरोज शेख सिरहा । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् उपप्रधान स्वास्थ्थ तथा जनसंख्या मन्त्री उपेन

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६