नेपाल कारखाना श्रमिक संघ गठन हिमालय सुगर मिल्स प्रालिमा कार्यरत श्रमिकहरुको भेलाले नेपाल कारखाना श्रमिक इकाई समिति गठन

  • प्रकाशित मितिः मंसिर 17, 2075
  • 161 पटक पढिएको

फिरोज शेख
लहान । सिरहाको चन्द्रअयोध्यापुरमा अवस्थित हिमालय सुगर मिल्स प्रालिमा कार्यरत श्रमिकहरुको भेलाले नेपाल कारखाना श्रमिक इकाई समिति गठन गरिएको छ।

नेपाली कांग्रेसका महा समिति सदस्य अमर रेग्मीको प्रमुख आतिथ्य तथा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष संजिव कुमार उपाध्यायको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त भेलामा मनोज कुमार यादवको अध्यक्षतामा सर्वसहमतले १४ सदस्य नेपाल कारखाना श्रमिक इकाई समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा श्रीपति लाल महतो , सचिवमा पुस्पल चौधरी,सह सचिवमा नरेन्द्र झा,कोषाध्यक्षमा राम उद्गार यादव चयन भएका छन् , भने सदस्यहरुमा लक्षमण यादव , जितु बस्नेत , सन्तोष यादव,मनोज कुमार यादव,गणेश कुमार यादव,राम भरोशी गडेरी , अनिल खत्री,लाल बाबु यादव संगै सल्लाहकारमा कामेश्वर यादव , जय नारायण झा रहेका छन्।

नेपाल कारखाना श्रमिक इकाई समितिले कारखानामा कार्यरत श्रमिकहरुको हक हितका लागि कार्य गर्ने बताइएको छ। (स्रोत– फेशबुकबाट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६