सुखीपुरमा कर शिक्षा सम्बन्धीे अन्तरक्रिया सम्पन्न राज्यका नागरिकले आम्दानी वापतको कर तिर्नु नागरिक दायित्व

  • प्रकाशित मितिः मंसिर 16, 2075
  • रोयाण्टर मण्डल
  • 90 पटक पढिएको

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) / सुखीपुर व्यपार समितिको आयोजनामा आईतवार सिरहाको सुखीपुरमा एक दिने कर शिक्षा तथा त्यस सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कर शिक्षा कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमल बहादुर राज लवटले, व्यवसायीले आम्दानी गरेवापत निश्चित आयकर तिर्नुपर्ने तथा सबै करको मुख्य दाता उपभोगकर्ता भएको बताए । राज्यका नागरिकले आम्दानी वापतको कर तिर्नु नागरिक दायित्व भएको उनको भनाई थियो ।

यसैबीच उपस्थित व्यवसायीबाट आएका प्रश्न तथा गुनासा र जिज्ञासाको समेत जवाफ दिंदै प्रमुख कर अधिकृत लवटले व्यवसायीले बस्तु बेचेवापत खरिदकर्ता उपभोक्ताबाट लिएको पैसा नै राज्यले निश्चित मापदण्ड बनाएर करको रुपमा राज्यलाई बुझाउनु पर्ने व्यवस्था रहेको बताए ।

उनले नागरिकले सेवा उपभोग गरेवापतको रकम राज्यकोषमा जम्मा पार्ने माध्यम व्यवसायी भएकोले आफ्नो दायित्व पूरा गर्न सचेत र जिम्मेवार व्यवसायीहरुलाई धन्यवाद दिए । नागरिकको पसिनाबाट संकलन भएको करको वजेटले देशको विकास निर्माण हुँदै राज्यका कर्मचारीको तलव तथा जनप्रतिनिधिहरुको भत्ता समेत जोडिएर आउने भएकाले राज्य कोषमा जम्मा भएको कर रकमबाट प्राप्त वजेट सही ठाउँमा सदुपयोगका लागि करदाता जनता समेत सचेत र जागरुक भई सरकारी काम कार्वाहीमा खवरदारी र निगरानी राख्नु पर्नेमा उनको जोड थियो ।

कर अधिकृत हेरम्बर नौपानेले, व्यक्तिगत व्यवसाय सञ्चालनमा व्यवसाय दर्ता तथा स्थायी लेखा नम्बर प्यान लिनुपर्ने अवस्था, तलको साना व्यवसाय सञ्चालन गर्दा तिर्नुपर्ने न्यूनतम करको दायरा तथा पछिल्लो ऐन नियम संशोधनपछि नगरपालिकामा सञ्चालनमा आउने व्यवसाय जो अनिवार्य भ्याटमा जानुपर्ने प्रावधान, समयमा व्यवसाय सञ्चालनको जानाकारी तथा लागेको कर तिर्नुपर्ने व्यवस्थाका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सुखीपुर व्यपार समितिको अध्यक्ष शत्रुधन प्रसाद चौधरीको अध्यक्षता, आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत लवटको प्रमुख अतिथ्य , जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहानका जिल्ला सदस्य नागेश्वर प्रसाद चौधरीको विशिष्ठ अतिथ्य रहेको थियो पनि स्वागत मन्तव्य ब्यपार समितिका महासचिब दिनेश यादब, उदघोषण विजय निरौलाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६